×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आज नेपाल र बंगलादेशको महिला टिमको मैत्रीपूर्ण फुटबल

२४ भाद्र २०७८

२४ भदाै, काठमाडाैँ ।

एएफसी महिला एसियन कप छनोट–२०२२ अघि बंगलादेशसँग तय भएको दुई मैत्रिपूर्ण खेल अन्तर्गत आज नेपालले भ्रमणकारी टोलीसँग पहिलो खेल खेल्दै छ ।

Advertisement
Advertisement

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुने खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रि–म्याच कन्फरेन्समा दुबै देशका प्रशिक्षक नजिता निकाल्न आत्मविश्वासी भएको प्रतिक्रिया जनाए । दुई मैत्रिपूर्ण खेलका लागि बंगाली टोली सोमबार नेपाल आइपुगेको हो । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि बंगलादेशसँग दुई मैत्रिपूर्ण खेल खेल्न लागेको हो । मैत्रिपूर्ण खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको र प्रतिस्पर्धा गर्न नेपाली टोली आतुर भएको नेपाली टोलीका मुख्य प्रशिक्ष ग्यारी फिलिप्सले बताए ।

छनोट अघिको अभ्यास खेलको रुपमा हेरिएको खेलमा दर्शकलाई अनुमति दिइने भएको छ । एन्फाले उक्त खेलको टिकट मूल्य सामान्यतर्फ २ सय र भीआईपीमा ५ सय रुपैयाँ तोकेको छ । एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत नेपाल समूह एफ मा रहेको छ । नेपाल सम्मिलिग समूहमा हङकङ र फिलिपिन्स रहेका छन् ।

Advertisement

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । नेपालले छनोट खेल फिलिपिन्ससँग खेल्दै सुरुआत गर्ने तालिका रहेको छ । नेपालको पहिलो खेल फिलिपिन्ससँग असोज २ गते रहेको छ भने दोस्रो खेल हंङकङसँग असोज ५ मा प्रतिस्पर्धा गर्नेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर असोज ८ गते हुने छ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ । एसियन कप जनवरी २० देखी फेब्रुअरी ६ सम्म हुनेछ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top