NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

प्रतिपक्षलाई पेलेरै अध्यादेश पेस

बिहिबार भदौ २४ , २०७८
Reading Time: 1 min read
A A
प्रतिपक्षलाई पेलेरै अध्यादेश पेस
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं: सरकारले प्रमुख प्रतिपक्ष एमालेलाई पेलेरै संसद् अधिवेशन अघि बढाउने स्पष्ट संकेत गरेको छ । संघीय संसद्को नवौं अधिवेशनको पहिलो दिन बुधबार एमालेले रोस्ट्रम घेरेर सभामुख अग्निप्रसाद सापकोटाको विरोध गरिरहेकै बेला गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश २०७८ पेस गरेका छन् । एमाले अवरोधका कारण प्रतिनिधिसभा बैठक रोक्दै बोलाउँदै गरेर तेस्रो पटकमा खाँणले अध्यादेश पेस गरेका हुन् ।

संविधानको धारा ११४ मा संसद् बैठक नभएको बेला सरकारले जारी गरेको अध्यादेश संघीय संसद् सुरु भएको पहिलो बैठकमा पेस गर्नुपर्ने प्रावधान छ । ‘संविधानमै संसद् बसेको पहिलो बैठकमा अध्यादेश पेस गर्नुपर्ने व्यवस्था भएकाले पटकपटक बैठक राख्नुपरेको हो, अध्यादेश नभएको भए जबर्जस्ती बैठक चलाउनुपर्ने बाध्यता थिएन,’ संसद्का एक पदाधिकारीले भने ।

सरकारले संसद् अधिवेशन हठात् अन्त्य गरेर एमाले र जसपा फुटाउन सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशप्रति एमाले असन्तुष्ट छ । आफ्ना १४ सांसदलाई कारबाही गर्न दिएको सूचना बेवास्ता गरेको भन्दै सभामुखसँग एमाले आक्रोशित छ ।

Advertisement

बुधबार अपराह्न ४ बजे सुरु भएको बैठक ११ मिनेट मात्रै चलेको थियो । सभामुख सापकोटाले राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गरेको पत्र वाचन गरिसक्ने बित्तिकै एमाले सांसदहरूले जुरुक्क उठेर बैठक अवरुद्ध गरेका थिए । तर सभामुख सापकोटाले ‘मैले अरू केही गरेको छैन, स्वागत गर्न त पाइन्छ होला नि’ भन्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई ५ मिनेट बोल्ने समय दिए । उनले एमाले विभाजनको मतियार बनेको भन्दै सभामुखको विरोध गरे ।

‘दलको अनुशासन उल्लंघन गर्ने १४ सांसदलाई कारबाही गरिपाउँ भनेर सभामुखलाई सूचना दिएका थियौं । सभामुखले सबै दललाई सम्मानपूर्ण र समान व्यवहार हुन्छ कि हुँदैन ? एमाले अर्को धर्तीबाट आएको पार्टी त होइन होला ?,’ भट्टराईले भने, ‘हामीले कारबाही गरेका सांसदहरूको किन सूचना निकाल्नु भएन ?’ उनले एमाले टुक्य्राउन सहयोगीको भूमिका निर्वाह गरेको आरोप पनि सभामुख सापकोटामाथि लगाएका थिए । ‘दल विभाजनको किन मतियार बन्नुभयो ? हामीलाई उत्तर चाहिएको छ,’ उनले भने । यथोचित जवाफ नपाएसम्म संसद् अघि बढ्न नदिने निर्णय पनि जानकारी गराए ।

भट्टराईले बोलिसकेपछि एमाले सांसदहरू सिटबाट जुरुक्क उठेर रोस्ट्रमतर्फ अघि बढेका थिए । सभामुख सापकोटाले भट्टराईको प्रश्नको जवाफ दिन खोजे । ‘प्रचलित कानुनका आधारमा निर्णय लिएको हुँ । यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ,’ उनले भने, ‘संविधानको धारा १०५ ले अदालतमा विचाराधीन विषयमा संसद्को कुनै पनि सदनमा छलफल गर्न बन्देज गरेको जानकारी गराउँछु ।’ सभामुखले जवाफ दिइरहँदा एमालेका सांसदहरूले रोस्ट्रम घेर्दै नाराबाजी गरिरहेका थिए । नारा सभामुखविरुद्ध केन्द्रित थियो । आक्रोशित एमाले सांसदले सभामुखप्रति ‘गैरसंसदीय’ नाराबाजीसमेत गरे । सभामुख सापकोटाले मर्यादाभन्दा बाहिर नजान बारम्बार आग्रह गरेका थिए ।

‘संसद्को गरिमा र मर्यादाभन्दा बाहिर नजानु होला । प्रतिनिधिसभा नियमावलीको नियम २१ को ‘ख’ र ‘ग’ तपाईंहरूलाई गम्भीर रूपमा आकर्षित गर्न चाहन्छु,’ उनले भनेका थिए । तर, नाराबाजी रोकिएन । सभामुखले नियम २१ को ‘ख’ र ‘ग’ को प्रावधान सुनाएका थिए । ‘ख’ मा सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलका क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने भनिएको छ । त्यस्तै ‘ग’ मा सदन वा सभामुखको कुनै निर्णय बदर गरियोस् भन्ने प्रस्तावमाथि बोल्दाको अवस्थामा बाहेक सदन वा सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न नहुने’ उल्लेख छ ।

नाराबाजी नरोकिएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगन गरे । त्यसबीचमा सभामुख सापकोटाले एमालेका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका थिए । दोस्रो बैठक ४ बजेर ३३ मिनेटमा सुरु भयो । बैठकको सुरुमै एमाले अध्यक्ष केपी शर्मा ओली आइपुगेका थिए । बैठक सुरु हुनासाथ एमाले सांसदहरू जर्‍याकजुरुक उठेर रोस्ट्रमतिर लागे । ओलीले भने आफ्नै सिटमा बसेर हेरिरहे । नाराबाजी चलिरहँदा ओली र देउवाबीच कुराकानी पनि भएको थियो ।

माधव नेपालसहित १४ सांसदको पद खारेजीको माग गर्दै महेश बस्नेत, नीरु पाल, खगराज अधिकारी, पदम गिरी, सूर्य पाठकलगायतले नारा लगाउँदा योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, भीम रावललगायतले भने न टेबुल ठोके न नाराबाजी गरे । उनीहरू आफ्नो सिटबाट उठेर वेलसम्म भने गएका थिए । संसद् सचिवालयले एमाले विभाजनबाट बनेको एकीकृत समाजवादीका सांसदका लागि सत्तापक्षमा सिट व्यवस्थापन गरेको थियो । जसपा विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी भने प्रतिपक्षको बेन्चमा थियो ।

दोस्रो बैठकमा नाराबाजी भइरहेका बेला सभामुखले सहिदहरूप्रति मौनधारण गराएका थिए । सभामुखले मौनधारणका लागि एक मिनेट समय तोकेपछि नाराबाजी गरिरहेका सांसद शान्त हुँदै जहाँको त्यहीं उभिएका थिए । मौनधारण सकिएपछि भने नाराबाजी सुरु भयो । एमालेले रोस्ट्रमअघि नाराबाजी गरिरहेका बेला सापकोटाले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि सांसदहरूको नाम पढेर सुनाए । जसमा चन्द्रकान्त चौधरी, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेणुकुमारी यादव, लालबाबु पण्डित, सत्य पहाडी, सरलाकुमारी यादव रहेका छन् ।

सभामुखले आफू संविधान, कानुन र नियम पालना गर्न प्रतिबद्ध रहेको बताउँदै ‘मलाई सदन चलाउन सहयोग गर्नुस्’ भनेका थिए । दोस्रो बैठक २२ मिनेटसम्म चल्यो । दोस्रो बैठकमा एमाले सांसदले सभ्य रूपमा नाराबाजी गरेका थिए । बस्नेत, अधिकारी, पाल, गिरी, पाठक, मनकुमारी जिसीलगायतले ‘संसदीय मर्यादा कायम गर’, ‘विभेदपूर्ण व्यवहार बन्द गर’, ‘पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद’, ‘पार्टीले कारबाही गरेका सांसदलाई निष्कासन गर’, ‘गैरसांसदलाई राख्न पाइँदैन’ जस्ता नारा लगाएका थिए । बैठक अघि बढाउने अवस्था नभएपछि सभामुख सापकोटाले पुनः १५ मिनेट बैठक स्थगन गरे ।

तेस्रो बैठक सुरु भएपछि पनि एमालेको विरोध जारी राख्यो । यो बैठक तीन मिनेट पनि चलेन । त्यतिबेला सभामुख सापकोटाको स्वर नै भासिएको थियो । उनले सुरुमै मन्त्री खाँणलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गर्न समय दिए । सभामुखले समय दिइनसक्दै खाँण रोस्ट्रमको खुड्किलोमा पुगिसकेका थिए ।

मर्यादापालकले घेरेर उनलाई रोस्ट्रममा पुर्‍याए । एमाले सांसदको नाराबाजीबीच प्रतिनिधिसभामा गृहमन्त्री खाँणले अध्यादेश पेस गरे । रोस्ट्रम घेराउन गर्न जाँदा एमाले सांसदलाई मर्यादापालकले रोकेका थिए । मर्यादापालकसँग घम्साघम्सी परिरहेकै बेला एमाले सांसद गंगा चौधरी सत्गौवा भने रोस्ट्रममै उक्लिन खोजेकी थिइन् । खाँणले अध्यादेश पेस गरेपछि सभामुखले बुधबारको बैठक स्थगन गर्दै अर्को बैठक शुक्रबार १ बजेलाई निर्धारण गरेका छन् ।

कुनै दलमा कम्तीमा ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य भए दल विभाजन गर्न मिल्ने व्यवस्था संशोधन गर्न सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको हो । अध्यादेशमा २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए दल फुटाउन सकिने व्यवस्था छ । अध्यादेश बमोजिम एमाले र जसपा विभाजित भइसकेका छन् । अब सरकारले चाहँदैमा यो अध्यादेश फिर्ता हुने सम्भावना भने न्यून हुन्छ । अध्यादेशलाई संसद्ले स्वीकार गरे अबको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर प्रमाणीकरण गराइसक्नु पर्छ । अस्वीकार भए अध्यादेश स्वतः खारेज भएको मानिन्छ ।

सभामुख सापकोटाले संसद् सञ्चालनको वातावरण तयार गर्न शुक्रबार सर्वदलीय बैठक गर्ने तयारी गरेका छन् । ‘संसद् बैठकअघि सर्वदलीय बैठक गरेर समस्या समाधान गर्ने प्रयास हुनेछ,’ संसद् सचिवालय स्रोतले भन्यो, ‘प्रमुख प्रतिपक्ष दलले सधैं संसद् अवरुद्ध गरेर निकास निस्कँदैन । केही न केही निकास खोज्नैपर्छ ।’ एमालेले कारबाहीका लागि गरेको सिफारिसमा कानुन बमोजिम नै निर्णय गरेको दाबी सभामुख सापकोटाले गर्दै आएका छन् ।

बजेट अध्यादेश के हुन्छ ?

संसद्को नवौं अधिवेशनको पहिलो दिन नै प्रमुख प्रतिपक्ष एमालेले विरोध गरेपछि अघिल्लो अधिवेशनमा पेस भएका बजेटसहितका १५ अध्यादेशबारे अनिश्चित भएको छ । यी अध्यादेशलाई संसद्ले स्वीकार गर्नै बाँकी छ । संसद् सचिवालयले बुधबारको बैठकमा १५ अध्यादेशलाई स्वीकार गर्ने कार्यसूची बनाएको थियो ।

बजेटसम्बन्धी (आर्थिक, ऋण, विनियोजन), यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, औषधि (तेस्रो संशोधन) अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालगायत अध्यादेशको प्रतिस्थापन विधेयक भदौ ३० सम्ममा ल्याउनु पर्नेछ । नत्र ती अध्यादेश खारेज हुनेछन् ।

प्रतिस्थापन विधेयक भदौ ३० सम्म नआए बजेटका लागि सरकारसँग दुई विकल्प रहनेछन् । एउटा बाटो संसद् अधिवेशन अन्त्य गरेर फेरि अध्यादेशबाट बजेट ल्याउने र दोस्रो बाटो पेस्की बजेट ल्याउने । सत्ता गठबन्धन अधिवेशन अन्त्य गर्ने पक्षमा नरहेको एक नेताले बताए । ‘हामीले त अध्यादेशलाई संसद्बाट स्वीकार गरेर प्रतिस्थापन विधेयक ल्याउने प्रक्रिया अघि बढाउन चाहेका थियौं,’ उनले भने, ‘एमालेको विरोधले प्रतिस्थापन विधेयक ल्याउन नसक्ने भएपछि पेस्की बजेटबाट देश चलाउन छलफल सुरु गरेका छौं ।’

पेस्की बजेटलाई समस्या लाग्दा कर्मचारीले तलब खान मात्रै केही ढिला हुने ती नेताले बताए । एमालेले जारी गरेको बजेटको अध्यादेश ल्याउन उसैले असहयोग गरेको सत्ता गठबन्धनको आरोप छ । एमालेका प्रमुख सचेतक भट्टराईले सरकारले संसद्को आठौं अधिवेशनमा अध्यादेश पेस गर्न नचाहेको बताए । ‘१५ वटा अध्यादेशमा कुनै चर्चा गर्न सरकार र संसद्ले आवश्यक नै ठानेनन्,’ उनले भने, ‘बजेटसहितको अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउनुको सट्टा संसद् अधिवेशन नै अन्त्य गरियो । यसबाट थाहा हुन्छ सरकारले नै अध्यादेश खारेज गर्न चाहेको थियो ।’

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षसँग छलफल गरेर संसद् बैठकलाई प्रभावकारी बनाइने बताए । ‘विगतको सिकाइका आधारमा सरकारले अध्यादेश र विधेयक अघि बढाउँछ । संसद्लाई प्रभावकारीसमेत बनाउँछ,’ उनले भने, ‘प्रतिपक्षसँग पनि निरन्तर छलफल गर्छौं । संसद्लाई जनताको विश्वासको धरोहरका रूपमा स्थापित गर्नु सबै दलको दायित्व पनि हो ।’,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याको सदस्यता मनमुटावले रोक्यो, महासचिवको जिब्रो चिप्लियो 

बुधबार साउन ७ , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.