×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026

महानगरमा नमूना विद्यालयका लागि एक वर्षको तलबभत्ता दिनेछु ः भीम पराजुली मेयर, विराटनगर महानगरपालिका

२९ असार २०७५

विराटनगर,असार २९

(विराटनगर महानगरपालिकामा भीम पराजुलीले जनप्रतिनिधीका रुपमा मेयरको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको छ । यो एक वर्षमा विराटनगरमा के कस्ता कामहरु महानगरले गर्याे र अबका योजना के छन लगायत विषयवस्तुमा केन्द्रित रहेर हाम्रा सम्वाददाताले महानगरका मेयर भीम पराजुलीसँग गरेको कुराकानीमा आधारित)

Advertisement

शिक्षा र भौतिक पूर्वाधारको विकासलाई मैले विराटनगरको पुर्नउत्थानसँग जोडेर हेर्ने गरेकोछु । महानगरमा हामी निर्वाचित भएर आएको एक वर्ष भएको छ । यो अवधिमा हामीले प्रतिबद्धता जनाएको यहाँको सडकलाई खाल्डाखुल्डीमुक्त बनाउने, मोतियाविन्दुका विरामीको निशुल्क उपचार र बृद्धभत्ता वितरणलाई सहज बनाउने प्रतिबद्धता पूरा गरेका छौ । यस्तै छोरीहरुमा हुने विभेद हटाउन पहिलो सन्तान छोरी हुने अभिभावकलाई ३ हजारसहित सम्मान गर्ने कार्यक्रमको सुरुवात गरेका छौ ।

विराटनगरको पुर्नउत्थानका लागि महानगरले शिक्षा र भौतिक पूर्वाधारको विकासलाई पहिलो प्राथकितामा राखेको छ । शिक्षाको विकासपछि मात्र हाम्रो समाज, सामाजिक जीवन र यहाँको गरिबी हट्ने हुदा महानगरले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर योजना बनाई त्यही अनुशार बजेट विनियोजन गरेको छ । यहाँका संस्कृतसहितका ५ वटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न हरेक विद्यालयलाई ५० लाखका दरले बजेट छुट्याइएको छ । यस्तै विराटनगरमा रहेका ५४ विद्यालय मध्ये ३२ विद्यालयमा प्राविधिक शिक्षा सुरु गरिएको छ ।

यस्तै महानगरमा शिक्षा स्वास्थ्यको ग्यारेन्टी गर्ने योजना बनाइने तयारी छ । शिक्षालाई नै प्राथमितामा राखेर मैले यो एक वर्षको मेरो सम्पूर्ण तलवभत्ता यहाँका ४ वटा सामूदायिक विद्यालयमा दिने घोषणा गरेको छु । निजी विद्यालयले १० प्रतिशत छात्रबृत्ति दिने नियम बनेपनि कार्यान्वयन नभएको अवस्थामा महानगरले त्यसको अक्षरस कार्यान्वयन गराएको छ । यस्तै कोशी अन्चल अस्पतालाई प्रदेशकै अस्पतालको रुपमा विकास गर्न शिक्षण अस्पतालको रुपमा अगाडि बढाउने काम सुरु भएको छ । यसलाई प्रदेश सरकारले पनि प्राथमिकतामा राखेको छ । विराटनगर महानगरमा सन्चालित तीन ठूला सडक तथा ढल निकास परियोजना हामी जनप्रतिनिधी नआएको भए बन्द हुने स्थितीमा रहेका थिए । जसलाई हामीले पुन कार्यान्वयनको चरणमा ल्याएको छौ ।

उनले भने यदि जनप्रतिनिधी महानगरमा नआएका भए यहाँका ६ लेन , ढल निकास र ग्रामीण सडक परियोजना अलपत्र परेर अनसक्सेस नै हुने थिए , यसैले यी योजनाका लागि पनि जनप्रतिनधि आउनु बरदान सावित भएको छ । जनप्रतिनिधी आएपछि यहाँका परियोजनामा हुने करोडौको अनियमितता पनि हामीले रोकेका छौ । देशभर सन्चालित परियोजना मध्य यहाँका परियोजना अगाडि रहेका छन । जसका आधारमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले विराटनगर महानगरलाई पुरस्कृत र सम्मानित गर्नुभएको थियो ।

यहाँका विकास निमार्णमा देखिएका कमजोरी तथा असन्तुष्टिहरुलाई मैले खुलेर खबरदारी गर्न सार्वजनिक अपिल नै गरेको छु । यही आधारमा यहाँ गुणस्तरीय कामहरु भएका छन । कमसल सामाग्री प्रयोग भउका सथानका सरचना मैले स्वयम गएर भत्काएको छु । महानगरमा शुसासन कायम गर्नू मेरो अर्काे उद्धेश्य हो मैले सपथ लिदै गर्दा जनाएको प्रतिबद्धता पूरा गर्ने चरणमा छुृ । मैले भनेको थिए म पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न म यसमा प्रतिबद्ध छु ।

भौतिक पूर्वाधारको विकासमा महानगरले अल्प, मध्य र दीर्घकालीन योजना बनाउको छ। यस महानगरमा देशकै नमूनाका रुपमा अत्याधुनिक तारीणी प्रसाद कोइराला सन्चार ग्रामको निमार्ण जारी रहेको छ । यसको निमार्ण पश्चात सन्चारकर्मीहरुले एकै थलोबाट सवै आधुनिक सेवाहरु प्राप्त गर्नेछन । यस्तै कला सस्कृतिको जगेर्ना गर्नका लागि महानगरले शुशीला कोइराला नाटकघरको निमार्णलाई पनि तीव्र गतिमा अघि बढाएको छ । यहाँ रहेको ऐतिहासिक वीरेन्द्र सभागृहलाई पुर्ननिमार्ण गर्ने काम सुृरु गरिएको छ । यस्तै २५ सय मानिस अट्ने गरी विराटनगर १९ मा अन्तराष्ट्रिय स्तरको सभाहलको निमार्ण गरिने छ ।

जसको डिपिआरका लागि यस आर्थिक वर्षमा नै ३५ करोड बजेट छुट्याइएको छ , यसलाई केन्द्र सरकारले पनि बहुवर्षीय योजनामा राखेको छ । यस्तै यहाँको सुकुम्वासी समस्या समाधानका लागि खोला किनारमा रहेका बस्तीहरुलाई एकृकीत गरी सहारा नेपाल, जीवन विकास र महानगरको सहयोगमा ६० वटा घर निमार्ण गरिने छ । यस्तै यस क्षेत्रको मुख्य पचिान बोकेको ऐतिहासिक विराट राजाको दरबारको पुननिमार्ण गरी यसक्षेत्रमा विश्वभरका पर्यटक भित्राउने लक्ष्य महानगरले राखेको छ । यसका लागि १ अर्बको योजना तयार पारिएको छ । विभिन्न तथ्यहरुका आधारमा विराटराजाको दरबार बनाइने छ । यसकालागि डिपिआर तयार पार्न १ करोड बजेट छुट्याइएको छ भने उद्योगी सुरेन्द्र गोल्छाको अध्यक्षतामा समिति नै गठन गरिएको छ । यस्तै बढदो शहरीकरणलाई मध्यनगर गर्दे विराटनगर ५ मा ७ कठ्ठा जमिनमा आधुनिक पार्कको निमार्ण प्रक्रिया सुरु गरिएको छ ।

यसैगरी विराटनगरको सीमा जोडिएको बुढीगगां गाँउपालिकामा मेघा सिटी प्रोजेक्टमा रुपमा प्रादेशिक वसपार्कको निमार्ण प्रक्रिया पनि सुरु गरिने छ । यस्तै जोगवनी नेम्वा रिङरोडको अवधारणा विकास गरिएको छ । जसबाट यहााको बढदो ट्राफिक ब्यवस्थापन हुनेछ । यस्तै महानगरमा रहेको मोरङ सुनसरी सिचाई आयोजनाको नहरलाई ब्यस्थापन गर्न डिपिआर बनाउने काम जारी रहेको छ । यस्तै विराटनगर ३ मा १ विगाह ७ कठ्ठामा भ्यू टावरको निमार्ण गर्ने योजना अघि बढेको छ । जसकालागि ५० करोड छुट्याईसकिएको छ । यसैगरी बहुवर्षीय योजनामा बजार क्षेत्रमा रहेको एबी पल्टमा ब्यापारिक महल देखि अन्डर ग्राउन्ड पार्किङ सहितको आधुनिक मनोरन्जनपार्क बनाउने योजना महानगरले तय गरेको छ । विश्वका विभिन्न शहरसँग भगिनी सम्बन्ध कायम गरी महानगरको थप प्रचार र विकास गर्ने रणनीति पनि हामीले लिएका छौ ।

प्रदेशको स्थायी राजधानी हुदै गरेको विराटनगरलाई यहाँका प्रदेशसरकारका कार्यालय, मन्त्रालयका लागि विराटनगर १९ मा १५ सय विगाह जमिनको ब्यवस्था महानगरले गरिसकेको छ । स्थायी राजधानी घोषणासगै त्याहाको काम सुरु हुनेछ । यस्तै विराटनगरका पूर्व र पश्चिम तर्फ रहेका सिघिया तथा केसलियालाई ब्यवस्थित गरी जलयात्रा र पार्कसहित आधुनिक रुपमा विकास गर्ने योजना पनि सुरु गरिएको छ । जसका लागि तटबन्ध सहित डिपिआर बनाउन ३ अर्बको योजना अघि बढाइएको छ ।

यहाँको समृद्धिका लागि भूउपयोग नीति अबलम्व गरिने छ । रोजगारी सृजना गर्न महानगरले प्राविधिक शिक्षा र सीप सिकाईलाई प्राथमितामा राखेको छ । अब मोरङ, सुनसरी औद्योगिक करिडोरका उद्योगहरुबाट माग भए वमोजिमका जनशक्ति उत्पादन गर्न महानगरले आफै तालिम दिनेछ । यसका लागि ३ स्थानको पहिचान गरी काम अघि बढीसकेको छ ।

Advertisement

अबको ५ वर्षमा विराटनगरको मुहार फेरिने छ । ऐतिहासिकता बोकेको विराटनगर जुटमिल तत्काल सुरु गर्नुपर्नेछ । लामो समयदेखि यहाँका उद्योगीले माग गरिरहेको विशेष आर्थिक क्षेत्र ( सेज) तत्काल स्थापना गर्नु पर्नेमा महानगरले जोड दिएको छ । सुनसरी मोरङमा रहेको साल्ट टेडिङको नाममा रहेको ३१२ विगाह जमिन सेजका लागि छुट्याउनका लागि अघि बढेको फायल अर्थमन्त्रालयमा राकिएको छ, त्यो फायल तत्काल अघि बढाउन पनि म जोडदार माग गर्दछु । निजी क्षेत्रसँगको सहकार्य विना अबको समृद्धि सम्भव छैन । यसकालागि स्थानीय सरकार नीजि क्षेत्रसँग सहकार्य गर्न तयार रहेको छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top