कुवेतकाे निर्माणाधीन विमानस्थलमा बालुवाको ढिस्कोमा पुरिएर दुई नेपालीको मृत्यु, एक जना घाइते

कुवेतकाे निर्माणाधीन विमानस्थलमा बालुवाको ढिस्कोमा पुरिएर दुई नेपालीको मृत्यु, एक जना घाइते

२४ भदाै, एजेन्सी ।

कुवेतको निर्माणाधीन नयाँ अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल–२ को भूमिगत पाइप मर्मत गर्ने क्रममा बालुवाको ढिस्कोले पुरेर दुई जना नेपाली श्रमिकको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

बुधबार भएकाे साे घटनामा मृत्यु हुनेमा गोलधाप–१, झापाका यमबहादुर कटुवाल र चकचकी–६, झापाका सुकलाल राजवंशी रहेकाे कुवेत सिटीस्थित नेपाली दूतावासले जनाएकाे छ । घटनामा घाइते भएका धनमुढा, मिझिङ–८, रोल्पाका सर्वजित महराको उपचार भइरहेको छ ।

घाइते महरालाई भेट्न कुवेतका लागि नेपाली राजदूत दुर्गाबहादुर भण्डारी र मिनिस्टर काउन्सेलर प्रकाशमणि पौडेल बिहीबार फर्वानिया अस्पतालमा पुगेका थिए ।

दूतवासले एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा परी दु:खद् निधन भएकोमा मर्माहत तथा स्तब्ध भएको जनाउँदै शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.