×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुमारको लविङ, स्वीकार नगरे एमसीसी अर्कै मुलुकमा जान्छ

२५ भाद्र २०७८

२५ भदाै, काठमाडाैँ ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल बीच सम्झौता भएको लामो समय सम्म पनि परियोजनाले गति नपाउँदा सम्झौता कार्यान्वयनका लागि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको नेतृत्वको टोली नेपाल आएको छ। चार दिने नेपाल भ्रमणका रहदा फतिमाको टोलीले नेपालका प्रधानमन्त्री लगायत प्रमुख दलका नेताहरुसँग भेट्ने कार्यक्रम छ ।

यो भेट उनको भ्रमणको पहिलो दिननै सुरु भईसकेको छ । पहिलो चरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमसीसीकी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । एमसीसी उपाध्यक्ष सुमार, सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीलेभक्तपुरको बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई पहिला भेटेको छ। भेटमा अध्यक्ष ओलीसहित स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख भट्टराई र प्रचार विभाग उपप्रमुख सूर्य थापा सहभागी थिए भने एमसीसी उपाध्यक्ष सुमारसँगै सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स लगायतको एमसीसी प्रतिनिधिमण्डल सहभागी थियो । सो क्रममा नेपाल र अमेरिकाले हस्ताक्षर गरेका डकुमेन्ट लिएर आएको भन्दै टोलीले स्वीकार्य भए अनुमोदन गर्न आग्रह गरेको छ । नभए अनुदान अन्य मुलुक जाने पनि बताएको छ । टोलीको यो भेटको सन्देश भनेको अस्वीकार्य हुँदा हुँदै स्वीकार गर भनेर लविङ गरिरहेको छ ।

Advertisement
Advertisement

समझौता भित्रका नेपाल उठाएका प्रश्नहरु भित्र पनि मुख्य प्रश्नका रुपमा सम्झौताको समयवधि सकिएपछि पनि नेपाललाई जवजस्ती किन एमसीसी सहयोग दिइन चाहान्छ त भन्ने उब्जिएको छ । समयावधि सकिएपछि अमेरिकाबाटै सम्झौता खारेज गर्नुपर्नेमा टोली किन नेपाल आयो भन्ने प्रश्नको उत्तर अहिले नेता देखि सर्वसाधारण पनि खोजिरहेका छन् । यसको पक्ष । विपषमा ठूला जनमत बाडिएको छ । समाजिक संजालहरुमा यसको विपक्षमा ठूलो मत छ भने नगन्य मात्रामा मात्रै यसलाई स्वीकार गर्नुपर्छ भन्ने मत देखिएको छ । ओलीसँगको भेटमा एमसीसीको टोलीले सम्झौतालाई लिएर नेपालमा नहुनुपर्ने विवाद भएको बताएको छ । भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुशार जवाफमा एमाले अध्यक्ष ओलीले भने आफू सरकारमा रहँदा सम्झौता अगाडि बढाउन खोजेको तर, सभामुखसहितका केही व्यक्तिका कारण सम्भव नभएको बताएका छन् । अहिले आफूहरु प्रतिपक्षमा रहेको र सरकारले यसबारे कुनै प्रस्ताव नल्याएका जवाफ दिएका छन् । उनले पहिले सरकारले प्रस्ताव ल्याएपछि आफूहरुले धारण बनाउने उनले बताएका छन् ।

यसै गरी एमसीसीको टोलीले अपराह्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सिंहदरबारमा भेटेको छ । भेटमा उपाध्यक्ष सुमार नेतृत्वको टोलीले एमसीसीबारे नेपालमा उठेका प्रश्नहरुमा स्पष्टीकरण दिएको भेटमा सहभागी नेताहरुले बताए । नेता गंगालाल तुलाधरका अनुशार उनीहरुले एमसीसी भनेको इण्डो प्यासिफिक रणनीतिको अंग हुँदै होइन । जे हल्ला भएको छ, यो हल्ला मात्र हो भनेर प्रस्टाएका छन् । नेपालको अर्थ मन्त्रालयले पठाएका प्रश्नहरुमा एमसीसीले दिएको जवाफ भन्दा बढी नै प्रष्ट पार्न खोजेको उनले बताए । एकीकृत समाजवादीका नेताहरुले नेपाल र नेपाली जनताको हितमा नहुने, सैन्य रणनीति अन्तर्गत हुने कुनै पनि सहयोग आफूहरुलाई स्वीकार नहुने बताएका छन् । एमसीसी उपाध्यक्ष सुमार नेतृत्वको टोलीले एमसीसी सम्झौताबारे यसो गर्नुस् भनेर दबाव नदिने, तर स्वीकार नगेर यो अनुदान अर्को मुलुकमा जाने बताएका छन् ।

एमसीसीको यो टोलीले शुक्रबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र उर्जामन्त्री पम्फा भुसाललाई भेट्ने कार्यक्रम छ । अन्तरष्ट्रिय समुदायमाथि विशेषत देशको दूरगामी महत्वराख्ने अझ लामो समयदेखि विवादित विषयमा सरकारले देशभित्रका सबै दलहरु बीच साझा सहमति जुटाएर एसमसीसीसँग छलफल गर्नुपर्नेमा देशभित्र देखिएको राजनीतिक धुब्रीकरणमा अमेरिकी टोलीलाई खेल्ने अवसर दिएको छ। यसको अन्तराष्ट्रिय समुदायमा जाने नेपालको सन्देश र आगामी सहयोग परियोजनाहरुमा नेपाललाई हेर्ने दृष्टिकोण परिवर्तन हुने विश्लेषण गरिएको छ ।

Advertisement

यसअघि बुधबार नेपाललाई सोधेका प्रश्नका जवाफ पठाउँदै एमसीसीले अमेरिकी सहयोग परियोजना सैन्य प्रयोजनको लागि नभएको बताएको थियो । सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले पठाएको पत्रको जवाफ पठाउँदै एमसीसीले अनुदान कोषको उपयोग सैन्य प्रयोजनमा गर्न कानुनले रोकेको उल्लेख गर्दै यो विशुद्ध गरिबी न्युनीकरणका लागि दिइने सहयोग रहेको प्रष्ट पारेको थियो । यस्तै एमसीसी सम्झौताको विवादका पाटामध्ये एमसीसी परियोजनाबाट प्राप्त हुने बौद्धिक सम्पत्तिमा नेपाल सरकारको स्वामित्व रहने जनाउँदै एमसीसीको कुनै पनि हक नहुने जवाफ पठाएको छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top