×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026

केही कुराहरुलाई संसोधन गरेर मात्रै एमसीसी अगाडि बढाउनुपर्छ: योगेश भट्टराई

२६ भाद्र २०७८

२६ भदाै, काठमाडाैँ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो साढे ३ बजे पुनः बस्ने गरी स्थगित भएको छ । विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुको छलफल भइनसकेकोले आज दिउँसो तीन बजे पुनः बस्ने गरी बैठक स्थगित भएको हो ।

Advertisement
Advertisement

स्थायी कमिटीको बैठकले पार्टीको आउँदो विधान अधिवेशनका बारेमा छलफल गरेको नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । प्रमुख भट्टराईले बैठकमा देशभरबाट करिव ३ हजार प्रतिनिधि हुने प्रश्ताव आएको भन्दै यसको टुंगो लगाउनका लागि आजै ३ बजे बैठक बस्ने बताए । आज बस्ने बैठकमा विधान महाधिवेशनमा प्रश्तुत हुने विधानको बारेमा पनि छलफल गर्ने साथै राजनीतिक र सांगठनिक प्रतिवेदनका बारेमा समेत छलफल गर्ने विभाग प्रमुख भट्टराईले बताए।

प्रचार विभाग प्रमुख भट्टराईले भने, ‘नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बिहान शुरु भएको छ, यो बेठकमा विशेष गरी आउँदो विधान अधिवेशन, जुन पार्टीको विधान अधिवेशन आयोजना हुँदैछ, त्यो विधान अधिवेशनको बारेमा हामीले छलफल गरेका छौँ, त्यसमा मुख्य तीन वटा एजेण्डा छन्, विधान अधिवेशनका प्रतिनिधिहरु को को हुने ?विधान अधिवेशनका प्रश्तुत गर्ने राजनीतिक, सांगठनिक र विधान सम्बन्धी दस्ताबेज तीन वटा दस्ताबेज छन्, एउटा राजनीतिक दस्ताबेज हुन्छ प्रतिवेदन, विधान हुन्छ र संगठनात्मक प्रस्ताव हुन्छ, यी तीन वटा दस्ताबेजको बारेमा र व्यवस्थापनका बारेमा हामीले एजेण्डासहित छलफल गरेका छौँ, अहिले विधान अधिवेशनमा भाग लिने प्रतिनिधिहरुको बारेमा हामी छलफल गर्दैर्छौं, हाम्रो अघिल्लो विधानले विधान, अधिवेशन, महाधिवेशनका प्रतिनिधिहरु, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरु, स्वतः विधान अधिवेशनको प्रतिनिधि हुन्थे, तर नवौँ राष्ट्रिय महाधिवेशनपछि राष्ट्रिय प्रतिनिधि परिषद् निर्वाचित भएको छैन, त्यो निर्वाचित नभइकन पार्टी एकता गर्यौं, फेरि फुट्यो, त्यसैले प्रतिनिधि परिषद् बनेको थिएन, त्यसैले हामीले अहिलेलाई अन्तरिम व्यवस्था गरेर विधान महाधिवेशनका प्रतिनिधिहरु निश्चित गर्नुपर्ने भएको हुनाले त्यो विषयमा हामी छलफल गर्दैछौँ, अहिले संगठनात्मक विभागबाट आएको अप्रश्तावअनुसार करिव देशभरबाट करिव तीन हजार जति प्रतिनिधि हुने प्रश्ताव अहिले विधान महाधिवेशनका लागि प्रश्तावित छन् । त्यसमा केन्द्रिय कमिटी, केन्द्रिय निकाय, केन्द्रिय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष कमिटी, पार्टीका जनसंगठनहरु, संघ, प्रदेशका माननीय ज्यूहरु, स्थानीय तहका प्रतिनिधिहरु, निर्वाचित प्रतिनिधिहरुसहित ३ हजार जति सहभागिताको प्रश्ताव आएको छ, त्यसमा छलफलको क्रम नसकिएको हुनाले बैठक साढे तीन बजे आजै बस्नेछ, तीन बजेको बैठकमा प्रतिनिधि कति हुने, को को हुने ? टुंग्याउँछौं, त्यसपछि विधान महाधिवेशनमा प्रश्तुत हुने विधानको बारेमा पनि छलफल गर्दछौँ, राजनैतिक र सांगठनिक प्रतिवेदनका बारेमा पनि छलफल गर्नेछौँ ।’

प्रमुख भट्टराईले नेकपा एमालेले एमसीसीको सम्झौतामा भएका कतिपय प्रावधानहरुलाई पुनःव्याख्या गर्नुपर्ने भएकोले नेपालको हीत बनाउनुपर्ने कुराहरु रहेकोले केही कुराहरुलाई संसोधन गरेर मात्रै एमसीसी अगाडि बढाउने बताए ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top