फातिमालाई अर्थमन्त्री शर्माकाे जवाफ : एमसीसी चाहिन्छ तर, राष्ट्रिय सहमति अनिवार्य

२६ भदौं, काठमाडौं।

Advertisement

अर्थमन्त्री जनार्दन शर्माले मिलेनियम च्यालेञ्ज कर्पोरेसन्स (एमसीसी) नेपालका लागि आवश्यक भएकाे तर पनि याे पारित गर्नका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग आज (शनिबार) सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले यस्ताे बताएका हुन् ।

भेटमा एमसीसी उपाध्यक्ष सुमारले एमसीसी नेपाललाई चाहिने वा नचाहिने भन्ने विषयको छिट्टै टुंगो लगाइदिन मन्त्रि शर्माालाई आग्रह गरेकी थिइन् । मन्त्री शर्माले एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने भएकाले राजनीतिक सहमति आवश्यक रहेको उपाध्यक्ष सुमारलाई भनेका थिए ।

Advertisement

उपाध्यक्ष सुमारले संसदबाट यथाशिघ्र एमसीसी अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । जवाफमा अर्थमन्त्री शर्माले एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषय अहिले छलफलकै क्रममा रहेको बताएका छन् ।

बिहीबार काठमाडौं आएकी सुमारले यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साथै जनता समाजवादीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा अर्का अध्यक्ष उपेन्द्र यादवलगायतसँग भेट गरेकी थिइन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top