×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026

पार्टी विभाजनको असर एमालेलाई ९ प्रतिशत मात्रैः ईश्वर पोखरेल

२६ भाद्र २०७८

२६ भदाै, काठमाडाैँ ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर परेको बताएका छन् । शनिवार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित वृहत् प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा महासचिव पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर गरेको बताएका हुन् ।

Advertisement
Advertisement

उनले नेकपा एमालेले देशव्यापी रुपमा अभियान चलाउने बेलासम्म यो ९ प्रतिशत पनि खिइएर २ प्रतिशतमा झर्ने बताए । महासचिव पोखरेलले नेकपा एमाले अब हिजो भन्दा अझै सरिक भएर अगाडि बढ्ने बताए । महासचिव पोखरेलले भने, ‘केहीले कति असर पर्यो पार्टी विभाजन हुँदा भन्नुभएको छ, हामीले अध्ययन गर्दा यसको असर ९ र धेरैमा १० प्रतिशत मात्रै परेको देखेका छौँ, तर अब नेकपा एमालेले देशव्यापी रुपमा अभियान चलाएपनि यो २÷३ प्रतिशत मा आइपुग्नेछ, र नेकपा एमाले हिजो भन्दा पनि अझै सबल भएर अघि बढ्छ ।’

राष्ट्रिय राजनीति दुईवटा ध्रुवमा
महासचिव पोखरेलले नेपालको राष्ट्रिय राजनीति दुईवटा ध्रुवमा विभाजित भएको भन्दै केपी शर्मा ओलीले गरेको राजनीतिक ध्रुवमा आफूहरुले काम गर्ने बताए । उनले केपी ओली नेतृत्वको पोलले आर्थिक विकास र समृद्धिको कुरा गरेको भन्दै राष्ट्रिय राजनीतिको अर्को ध्रुव गठबन्धनवालाहरुमा अवसरवादी र सिद्धान्तहीनहरु मात्र भएको टिप्पणी गरे । महासचिव पोखरेलले भने, ‘आज हाम्रै पार्टीभित्र पनि देखापरेका गलत कुराहरुसँग जुध्ने आँट गर्नुपर्छ, बाहिरका प्रतिकुलतासँग मात्रै होइन, भित्रका प्रतिकुलतासित, बाहिरका बैरीसँग मात्रै होइन, भित्रका गलत कुराहरुसँग पनि जुधेर हामी यो ठाउँमा आइपुगेका हौँ, हाम्रो यात्रा जारी छ, हामी यो लढाइँमा कहिल्यै थाक्नेछैनौँ, नेपालमा अहिले राष्ट्रिय राजनीति दुईवटा ध्रुवमा बाँडिएको छ, एउटा केपी शर्मा ओलीको छ, जुन आर्थिक विकास, जनताका दुख र वेदना सुन्ने गर्छ, विकास र समृद्धिको कुरा गर्छ, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा गर्छ, सामाजिक सद्भावको कुरा गर्छ, हामी यो पोल यो ध्रुवको नेतृत्व गर्ने केपी ओली हुनुहुन्छ, अर्को ध्रुव गठबन्धनको छ, जहाँ अवसरवादीहरु, सिद्धान्तहीनहरु, अनैतिकहरुको झुन्ड छ, त्यो झुन्डले नेतृत्व गरेको अर्को पोल छ, यी दुईवटा ध्रुव मध्ये हामीले रोज्ने ध्रुव भनेको केपी ओलीले नेतृत्व गरेको ध्रुव हो ।’

महासचिव पोखरेलले पार्टीको पक्षमा उभिएर काम गर्ने हरेकलाई समेटेर अघि बढ्नुपर्ने बताए । महासचिव पोखरेलले नेकपा एमाले हिजो भन्दा पनि बलियो बन्ने हिसावले अघि बढ्ने भन्दै नेकपा एमालेमा प्रवेश गरेका नयाँ कार्यकर्ताहरुले क्रियाशील भएर काम गर्नुपर्ने बताए ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top