×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पेरुका नेताको रिहाईका लागि काठमाडौँमा प्रदर्शन हुने

२६ भाद्र २०७८

२६ भदाै, काठमाडाैँ ।
नेपाली कम्युनिष्ट नेताहरुले पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनका टोलीलाई तत्काल रिहा गर्नुपर्ने माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा कम्युनिष्ट विचारधाराका नेताहरुले पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनका टोलीलाई तत्काल रिहा गर्नुपर्ने माग गरेका हुन् ।

कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले गोल्जाले नेपालको कम्युनिष्ट आन्दोलनको पनि प्रेरणाको श्रोत भएकोले उनको रिहाइ गर्नुपर्ने बताए । उनले गोल्जालो गिरपm्तार भएपछि कम्युनिष्ट आन्दोलन नै कमजोर भएको महशुस गरेको बताए । उनले अध्यक्ष गोल्जालोलाई पक्राउ गर्न अमेरिकी साम्राज्यवादहरुको हात रहेको पनि बताए ।अध्यक्ष गजुरेलले भने, ‘उहाँ गिरफ्तार हुनु भनेको पेरुको क्रान्तिको लागि मात्रै नभइ विश्वको कम्युष्टि आन्दोलनको लागि अपूरणीय क्षति हो, उहाँको गिरफ्तारपछि विश्व कम्युनिष्ट आन्दोलनको धक्का खाएको अनुभव गरेको छु, उहाँको तत्काल रिहाइ हुनुपर्छ, उहाँलाई अमानवीय व्यवहार भइरहेको छ, यसमा सारा विश्वले बिरोध गरिरहेको छ, हामीले नेपालमा कम्युनिष्ट आन्दोलन शुरु गर्दा धेरै पेरुको कम्युनिष्ट पार्टीको डकुमेण्ट ल्याएर अध्ययन गरेका थियौँ ।’

Advertisement
Advertisement

त्यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोलाले गोञ्जालोले करिव ३० वर्ष लामो जेल जीवन बिताइरहेकोले पेरु सरकारले तत्काल रिहाइ गर्नुपर्ने माग राखे । उनले गोञ्जालोको रिहाइको लागि आईतवार काठमाडौंमा वृहत प्रदर्शन गर्ने पार्टीको कार्यक्रम रहेको पनि जानकारी दिए । विभाग इन्चार्ज बास्तोलाले नेपाल भारत लगायत विश्वका क्रान्तिकारी शक्तिलाई कमजोर बनाउन एमसीसी ल्याइएको भन्दै त्यसलाई रोक्न सबैले एकजुट भएर प्रतिकार गर्नुपर्ने बताए । विभाग इन्चार्ज बास्तोलाले भने, ‘विश्वका मानव जातीको मुक्तिका लागि, क्रान्तिका लागि उहाँ पेरुको जेलमा हुनुहुन्छ, पेरुले तुरुन्त मानवीयताका आधारमा गुन्जलोलाई तुरुन्त रिहा गरोस् हामी माग गर्दछौँ, उहाँलाई गिरफ्तार गर्नको लागि अमेरिकी साम्राज्यवादले अत्यन्तै घिनलाग्दो गतिविधि गरेको छ, आजभन्दा २९ वर्षअघि उहाँलाई गिरफ्तार गरिएको थियो, हामी भोलि आईतवार काठमाडौंमा उहाँको रिहाइको लागि प्रदर्शन गर्नेछौँ ।’

त्यस्तै कार्यक्रममा जनवादी गायक जीवन शर्माले गोन्जालो संसारभरका क्रान्तिकारी नेताहरुको र सर्वाहार क्रान्तिको हिरो भएकोले उहाँको तत्काल रिहाइ हुनुपर्ने बताए । उनले अहिले उनी प्रतिक्रिया र साम्राज्यवादीहरुको पिञ्जडामा रहँदा पनि साम्राज्य र सामन्तवादका अघि नझुक्ने शिर बोकेर बसेको बताए । जनवादी गायक शर्माले भने, ‘गोन्जाले संसारभरका क्रान्तिकारी नेताहरुको, सर्वाहार क्रान्त्किो हिरो हुनुहुन्छ, उहाँ अहिले प्रतिक्रिया र साम्राज्यवादीहरुको पिञ्जडामा रहँदा पनि साम्राज्य र सामन्तवादका अघि झुक्दै नझुक्ने शिर बोकेर बस्नुभएको छ, बाँचिरहनुभएको छ, कष्टकर जिन्दगी बिताइरहनुभएको छ, उहाँ हामी सबैको प्रेरणाको स्रोत हो, उहाँको तत्काल रिहा गरिनुपर्छ ।’

जनवादी गायक शर्माले गोन्जालो प्रेरणाको श्रोत भएको र आफूलाई क्रान्तिका गीत गाउन पनि उनीबाट प्रेरणा मिलेको बताए । उनले गोन्जालोलाई जेलमा थुनेपनि उनको क्रान्ति, सोच र विचार विश्वका कम्युनिष्टहरुबाट नहराउने बताए ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top