×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जातको प्रश्नको दोस्रो सिजन असोज २२ देखि सुरु हुने

२६ भाद्र २०७८

२६ भदाै,काठमाडाैँ ।
समता फाउण्डेशनले शुरु गरेको जातको प्रश्नको दोस्रो सिजन आगामी असोज २२ गते( ८ अक्टोबर २०२१ )देखि शुरु हुने भएको छ । फाउण्डेशनले जातलाई सबैको साझा मुद्दा बनाएर सबै जात जातीले यसमा संवाद गर्नुपर्ने बताउँदै दोस्रो सिजनको शुभारम्भ गरेको हो ।

कार्यक्रममा महानायक राजेश हमालले जतिसुकै राम्रो संविधान बनाए पनि जातीय समस्या व्यवहारमा उतार्न ठूलो चुनौति रहेको बताए । उनले एक मानवले अर्को मानवमाथि गरेको विभेदले आफूलाई सताइरहेको बताए । महानायक हमालले भने, ‘जातीय विभेद जुन हाम्रो समाजमा भइरहेको छ, यसको प्रत्यक्ष भुक्तभोगी म आफैँ नभएता पनि मैले मेरो वरीपरीका आफन्तहरुलाई देखेको छु, त्यसप्रति म जहिल्यै पनि एक किसिमको संवेदनशीलता भइरहन्थेँ म, एउटा मानवले अर्को मानवप्रति गर्ने व्यवहारमा किन यति फरक छ, भन्ने कुराले मलाई जहिल्यै पनि सताइरन्थ्यो । शूटिङको क्रममा पनि मैले विभिन्न घटनाहरु देख्ने गरेको थिएँ, पहिलो सिजन गरेपछि म मा अझ गहिराईमा बुझ्ने मौका पाएँ । जतीय समस्या हाम्रो समाज र मनमस्तिष्कमा गढेको विषयवस्तु रहेछ । हामीले जति राम्रो संविधान बनाए पनि व्यवहार उतार्न भयंकर ठूलो चुनौति रहेछ ।’

Advertisement
Advertisement

 

कार्यक्रममा अभिनेता दयाहाङ राईले जातको आधारमा गरिने विभेद कुनै एउटा समुदायको मात्रै चासोको विषय नभएको बताए । उनले समाजमा जातकै आधारमा विभेद गरिनु समाजकै ठूलो समस्या भएको बताए । अभिनेता राईले भने, ‘हाम्रो समाजमा जातको आधारमा गरिने विभेद एउटा समुदायको मात्रै चासोको विषय होइन, जब हाम्रो समाजमा जातकै आधारमा विभेद गरिन्छ भने त्यो समाजकै सबैभन्दा ठूलो समस्या हो, म पनि समाजको माइलो जातको रुपमा हुर्किएको मान्छे हुँ, मैले पनि विभेदका कुराहरु भोगेको छु ।’

कार्यक्रममा उपस्थित गायक प्रकाश सपुत, सञ्चारकर्मी निष्मा चौधरी ढुंगाना, महिला आयोगकी पूर्व सदस्य मोहना अन्सारी, निर्देशक शान्ता नेपालीले जाती विभेद समाजको एउटा प्रमुख समस्या रहेकोले यसलाई कम गर्न जातको प्रश्नले महत्वपूर्ण भूमिका खेलिरहेको बताए । एउटा मानिसले अर्को त्यही समाजमा बस्ने मानिसलाई विभेद गर्नुनहुने उनीहरुको भनाइ थियो । जातको प्रश्नको दोस्रो सिजन महानायक राजेश हमाल, अभिनेता दयाहाङ राई, गायक प्रकाश सपुत, सञ्चारकर्मी निश्मा ढुंगाना चौधरी, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व अध्यक्ष मोहना अन्सारीले सञ्चालन गर्नेछन् । जातको प्रश्नको दोस्रो सिजन १२ अंकको हुनेछ भने शान्ता नेपालीको निर्देशनमा बन्ने जातको प्रश्नको दोस्रो श्रृंखलामा नेपालका दलितहरुले भोगिरहेको जीवनको यथार्थ र अनुभवका कुराहरुलाई समेटिनेछ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top