११ सेप्टेम्बर २००१ मा अमेरिकामा के भएको थियो ?

२६ भदौ ७८, आइतबार

२६ भदाै, एजेन्सी ।

आज भन्दा २० वर्ष अघि विश्वलाई नै त्रसित बनाउदै आजकै दिन अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मङ्गलवारका दिन भयानक आत्मघाती आक्रमण भयो । आक्रमणकारीहरूले अमेरिकी यात्रुवाहक विमानहरूलाई आफ्नो नियन्त्रणमा लिएर न्यूयोर्कका दुई ठूला भवन जुन विश्वकै गगनचुमबी भवनमा गनिन्थे त्याहा आक्रमण गरे ।

जसका कारण हजारौ मानिसहरूले ज्यान गुमाए । उक्त आक्रमण अमेरिकीहरूका लागि मात्रै नभई विश्वकै लागि यो दुखद घटना थियो । त्यही दिनको समझनामा अज अमेरिकामा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । त्यो दिन सेप्टेम्बर ११ मा संयुक्त राज्य मेरिकाको पूर्वी भेगमा उडिरहेका चारवटा विमान एकपछि अर्को गर्दै अपहरणमा परेका थिए । जसमध्य दुईवटा विमानले न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा आक्रमण गरेका थिए । पहिलो विमानले नोर्थ टावरमा स्थानीय समयानुसार बिहान ८ः४६ मिनेटमा आक्रमण गरेको थियो भने दोस्रो विमान साउथ टावरमा स्थानीय समयानुसार ९ः०३ मिनेटमा भएको थियो। त्यस बखत ती भवनहरूमा आगो लागेको थियो र माथिल्ला तलामा मानिसहरू फसेका थिए भने धूँवाको बाक्लो मुस्लोले सहर छोपिएको थियो ।

Advertisement

मानिसहरुमा भागदौड मच्चिएको थियो भने कति मनिस भवनबाट तल खसेका थिए । दुई घण्टाभन्दा कम समयमा ११० तले दुवै भवन ढलेर धूलोको विशाल मुस्लो र भग्नावशेषमा परिणत भएका थिए । नौ बजेर ३७मिनेटमा तेस्रो विमानले राजधानी वाशिङ्टन डीसी भन्दा केही बाहिर रहेको अमेरिकी सेनाको मुख्यालय पेन्टागनलाई क्षति पु¥याएको थियो।

यात्रुहरूले प्रतिरोध गरेपछि चौथो विमान पेन्सिल्भेनीआको एउटा मैदानमा दुर्घटनाग्रस्त भएको थियो। अपहरणकारीहरूले उक्त विमानको प्रयोग गरी अमेरिकी संसद् भवनमा आक्रमण गर्ने लक्ष्य राखेको ठानिएको थियो । उक्त दुखद घटनामा १९ अपहरणकारी बाहेक २ हजार ९ सय ७७ जनाले ज्यान गुमाएका थिए। घटनापछि इस्लामवादी उग्रवादी सञ्जाल अल–कायदाले अफगानिस्तानबाट ती घातक आक्रमणहरूको योजना बुनेको मानिएको थियो ।

Advertisement

अपहरणमा संलग्न १९ जनापाँच जनाको तीन वटा र चार जनाको एउटा समूहमा विभाजित थिए जसमध्ये प्रत्येक समूहमा विमान चालकको तालिम लिएका एक व्यक्ति थिए । त्यस्तो तालिम अमेरिकाकै उड्डयन प्रशिक्षण केन्द्रहरूमा लिइएको थियो । बिन लादेन जस्तै १५ जना अपहरणकारी साउद अरबका थिए। दुईजना संयुक्त अरब एमिरेट्स, एक जना इजिप्ट र एक जना लेबनानका थिए। उक्त आक्रमणपछि संसारभरि उडान सुरक्षा सुदृढ पारिएको थियो ।

संयुक्त राज्य अमेरिकामा विमानस्थल र विमानको सुरक्षा बलियो बनाउन ट्रान्सपोर्टेशन सेक्यूरिटी एड्मिनिस्ट्रेशन नामक छुट्टै निकाय स्थापना भयो । दुईवटा टावर ढलेको स्थान “ग्राउन्ड जीरो“ लाई सफा गर्न आठ महिनाभन्दा बढी समय लागेको थियो भने पेन्टागनको पुनर्निर्माणका लागि एक वर्ष समय लागेको थियो ।तत्कालीन अवस्थामा अमेरिकाका राष्ट्रपति जर्ज डब्लु बुस रहेका थिए । उक्त आक्रमणको एक महिना नबित्दै राष्ट्रपति बुशले अन्तर्राष्ट्रिय गठबन्धनको साथ लिएर अल–कायदालाई समाप्त गर्न र बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गरेका थिए ।

अमेरिकी आक्रमणपछि लादेनलाई सहयोग गरेको आरोप खोपेको तालिबानी सरकार अपदस्थ भएको थियो भने तालिबानविरुद्धको २० वर्षे युद्धमा अफगानिस्तानलाई नै अमेरिकाले तहसनहस बनाईदिएको छ । तर अमेरिकी सेना अफगानिस्तानबाट फर्किनै लाग्दा २० वर्ष शक्ति संचय गरेको तालिबानले अफगानिस्तानको सत्ता आफ्नो हातमा लिएको छ। अमेरिकी सैनिकहरूले बिन लादेनलाई लामो समय अफगानिस्तानमा पत्ताल गाउन सकेनन तर सन् २०११ मा छिमेकी पाकिस्तानमा अमेरिकी सेनाले बिन लादेनलाई मार्न सफल भयो ।जतिबेला अमेरिकामा राष्ट्रपति बराक ओबामा रहेका थिए ।

सेप्टेम्बर ११ को हमलाका आरोपित योजनाकार खालिद शेख महमदलाई सन् २००३ मा पाकिस्तानमा पक्राउ गरिएको थियो। त्यसयता उनी ग्वान्टानामो बेमा अमेरिकी हिरासतमा छन् र अझै पनि अभियोजनको पर्खाइमा छन् ।

झन्डै दुई दशकपछि अमेरिकी सैनिकहरू अफगानिस्तानबाट बाहिरिएसँगै अब फेरि अफगानकै संरक्षणमा त्यहीको भूमिा अल–कायदाको पुनरागमन हुने हो कि भन्ने चिन्ता विश्वब्यापी रुपमा उत्पन्न भएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top