कांग्रेसमा गुटैगुट

२७ भदौ, काठमाडौँ ।

Advertisement

महामन्त्रीमा उम्मेदवारी घोषणा गरेकै भोलिपल्ट कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा विमलेन्द्र निधि निवास पुगे। शुक्रबार निधिको पारिवारिक पूजामा सहभागी भए र आफू निधि गुटमा प्रवेश गरेको जनाउ दिए।

१३ औं महाधिवेशनदेखि शर्मा पार्टी सभापति शेरबहादुर देउवा निकट थिए। देउवाले विश्वास गरेर प्रवक्ताको जिम्मेवारी दिएका शर्माले गुट परिवर्तन गरे।

Advertisement

देउवाकै विश्वासपात्र निधि यसअघि नै अलग गुटको अभ्यासमा जुटिसकेका छन्। देउवा गुटबाट महामन्त्रीमा ‘सुरक्षित’ नठानेपछि प्रवक्ता शर्माले गुट फेरेको कांग्रेसी नेताहरू बताउँछन्।

महामन्त्रीको उम्मेदवारका लागि आफूले सबै नेतासँग सल्लाह गरेको शर्माको भनाइ छ। ‘गुट र टिम बनाउने कुरा सभापतिमा उठ्नेले हो,’ उनी भन्छन्, ‘महामन्त्रीमा उठ्नेले होइन।’ १४ औं महाधिवेशनको रन्कोसँगै कांग्रेसमा गुट अदली बदली सुरु भएको छ।

Advertisement

देउवालाई यतिबेला १३ औं महाधिवेशनका सारथीहरू जोगाउनुपर्ने आवश्यक्ता रहेको उनी निकट नेताहरू बताउँछन्। गोपालमान श्रेष्ठले पनि सभापतिमा इच्छा देखाएका छन्। तर, सभापति नपाए पनि श्रेष्ठले देउवालाई नै साथ दिने कांग्रेसी नेताहरूको बुझाइ छ।

विगतमा देउवाविरुद्ध एकगठ भएको रामचन्द्र पौडेल गुटमा पनि विभिन्न चिरा देखिएका छन्। गुटलाई कायम राखेर एक जना मात्र सभापतिको उम्मेदवार छान्न यो गुटलाई हम्मे–हम्मे छ।

शेखर कोइराला, प्रकाशमान सिंह, डा. शशांक कोइराला र सुजाता कोइरालाले पनि सभापतिमा दाबी गरेका छन्। धेरै आकांक्षी देखिएपछि पौडेल गुटबाट एक जना मात्र सभापति उम्मेदवार बन्ने सम्भावना कम छ। शेखरलाई गगन थापा, गुरुराज घिमिरे, चन्द्र भण्डारी, धनराज गुरुङलगायत युवा नेताहरूको समर्थन छ।

१३ औं महाधिवेशनमा कृष्ण सिटौला गुटबाट महामन्त्रीमा उम्मेदवार बनेका गगन यतिबेला शेखर निकट छन्। शेखरले पनि गगनलाई महामन्त्रीमा सघाउने वचन दिएको नेताहरू बताउँछन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top