संसद् बैठक आज पनि, चल्न नदिने एमालेको रणनीति

२७ भदौ, काठमाडौं ।

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछिको यो पहिलो संसद् बैठक हो । बैठक दिउँसो १ बजे बस्नेछ ।

तर, आजको बैठक पनि सहज ढंगले अघि बढ्न नदिने एमालेले तयारी गरेको छ । आफूहरुको विरोधका बीच शुक्रबार सरकारले प्रतिस्थापन विधेयक ल्याएर एकतर्फी संसद चलाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले रुष्ट छ । सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै एमाले आन्दोलित छ ।

सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउन सहयोगी बनेको आरोप उक्त पार्टीका नेताहरुले आरोप लगाउँदै आएका छन् । पार्टीबाट कारबाही गरिएका १४ सांसद्को कारबाहीलाई १३ दिनसम्म रोकेका सभामुख सापकोटाले दल विभाजन भइसकेपछि मात्रै निर्णय गरिरहनु नपर्ने भन्दै सूचना सुनाएपछि एमाले रिसाएको छ ।

सभामुखले गल्ती स्वीकार नगरेसम्म बैठक चल्न नदिन एमाले सांसद् नारदमुनि रानाले बताए ।

अदालतमा बिचाराधीन मुद्दालाई एमालेले संसदमा चर्काएको भन्दै आलोचना पनि भइरहेको छ । तर यसको जिम्मेवारी पनि सभामुख सापकोटा नै भएको रानाले बताए ।

‘अदालतमा बिचाराधीन मुद्दा २७ गते छिनोफानो हुँदैछ भन्ने जान्दा जान्दै बैठक राख्ने हतारो के थियो । सभामुखको नियत नै मुठभेड गराउने देखिन्छ,’ रानाले भने, ‘अदालतबाट पनि न्याय नपाए सभामुखलाई महाअभियोग लगाउँछौँ ।’

एमाले फुटेर माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) ले भदौ ९ गते प्रमाणपत्र नै पाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top