गृहको अध्ययन टोली हुम्लामा

२६ भदौ ७८, आइतबार

२७ भदौ, काठमाडौं ।

सरकारले चिनियाँ पक्षले सीमा मिचेको भन्दै अध्ययन गर्न गठित गृह मन्त्रालयका सहसचिव नेतृत्वको उच्चस्तरीय टोली हुम्ला सदरमुकाम सिमिकोट पुग्दा नाम्चा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा भने काठमाडौंमा छन् ।

गृह मन्त्रालयका सहसचिव जयराज आचार्यको अध्ययन टोलीले नाम्चा गाउँपालिकाका–५ र ६ रहेका ‘विवादमा परेका’ ११ र १२ नम्बर पिलरसहित अध्ययन गरिँरहदा सोही गाउँपालिकाका अध्यक्ष लामा भने काठमाडौंमा छन् ।

‘गृह मन्त्रालयको टोलीले मलाई सहजीकरणका लागि अनुरोध गरेको थियो । तर हुँदै नभएको सीमा विवादमा पुनः अध्ययन गर्न जान मन लागेन,’ अध्यक्ष लामाले भने, ‘मैले पनि स्थलगत अध्ययन गरेको छु र सन् १९६२ मा भएको सम्झौता अनुसार पानी ढलोलाई आधार मान्दा कतै सीमा मिचिएको देखिँदैन ।’

अध्यक्ष लामाले सरकारी टोली हुम्ला गए पनि आवश्यक सहयोग गर्ने जनाए पनि असन्तुष्टी भने जाहेर गरेका छन् ।

सीमाजस्तो विषयमा सरकार फेरिए पिच्छे धारणा बनाउनु गलत हो, यसले कुटनीतिक क्षेत्रमा राम्रो सन्देश जाँदैन,’ उनले भने, ‘तत्कालीन प्रजिअको टोलीले स्थलगत अध्ययन गरी सिमा नमिचिएको प्रतिवेदन दिएकै आधारमा यसअघिको सरकारले धारणा प्रस्ट पारिसकेपछि फेरि किन अध्ययन समिति बनाएको हो ? मैले बुझन सकिएको छैन ।’

हुम्लामा फेरि सरकारले सीमा विवाद झिकिएपछि अध्यक्ष लामा भने असन्तुष्ट छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top