एमालेद्वारा आज पनि संसद् अवरोध

२७ भदौ, काठमाडौं ।

Advertisement

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबार पनि संसद्‌ अवरोध गरेको छ।

एमालेले यसअघि भदौ २३ र २५ गतेको बैठकमा पनि अवरोध गरेको थियो। सभामुख अग्नि सापकोटा एमाले विभाजनको मतियार बनेको भन्दै एमालेले विरोध गर्दै आएको छ।

Advertisement

आइतबार नै बसेको संसदीय दलको बैठकमा दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले अवरोध जारी राख्ने बताएका थिए। उनले आफ्ना सांसदहरूलाई मर्यादित भएर संसद् अवरोध गर्न निर्देशन दिएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top