डाक्टरसँग फिरौती माग्दै नक्कली बम राख्ने तीन जना पक्राउ

२६ भदौ ७८, आइतबार

२७ भदौ, काठमाडौं ।

Advertisement

काठमाडौको पुरानो बानेश्वरमा रहेको मात्रिका आँखा अस्पतालका डाक्टरसँग तीन करोड रुपैयाँ फिरौती माग्दै नक्कली बम राख्ने तीन जना पक्राउ परेका छन् ।

अस्पतालका डाक्टरसँग तीन करोड रुपैयाँ फिरौती माग्ने धादिङका आशिष कुँवर, अभिषेक कुँवर र रोल्पाका अम्मरबहादुर रोकालाई महानगरीय प्रहरी परिसर टेकुको टोलीले पक्राउ गरेको हो ।

Advertisement

उनीहरूले तीन करोड रुपैयाँ नदिए घर र अस्पताल बमले ध्वस्त बनाउने धम्की दिँदै अस्पतालमा नक्कली बम समेत राखेका थिए । उनीहरूविरुद्ध आपराधिक लाभ मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गएको भदौ २४ गते बिहीवार बिहान काठमाण्डौ महानगरपालिका ९ पुरानो बानेश्वरबाट सेतोपुलतिर आउने ओरालोमा रहेको मात्रिका आई सेन्टरको तेस्रो तलामा रहेको शौचालयभित्र शङ्कास्पद वस्तु भेटिएको थियो । त्यो शङ्कास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गराउँदै बम नभएको पुष्टि गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top