×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संवादमार्फत समाधान खोज्दै सभामुख

२८ भाद्र २०७८

काठमाडौं : प्रमुख प्रतिक्षी दल नेकपा एमालेले आइतबार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरे । तर, पछिल्ला केही दिनको तुलनामा प्रतिनिधिसभाको आइतबारको बैठकको दृश्यमा केही फरक देखियो । यसले संवादको वातावरण बन्दै गएको संकेत मिलेको छ ।

अघिल्ला दिनमा मर्यादापालक र सांसदहरूबीच घम्साघम्सी देखिएको थियो । प्रतिस्थापन बजेट पेस गर्ने क्रममा एमाले सांसदहरूले काँधमा चढेर रोस्टम पुग्ने प्रयास गरेका थिए । मर्यादापालकहरूले पनि एमाले सांसदहरूलाई वेलको आधा भागमा रोकेका थिए । तर, आइतबारको बैठकमा एमाले सांसदहरूले वेल घेराउ गर्दै नारा लगाए पनि कुनै घम्साघम्सी भएन । प्रतिनिधि सभाको बैठक अघि एमाले दलका नेता केपी शर्मा ओलीले मर्यादित भएर प्रस्तुत हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएका थिए ।

Advertisement
Advertisement

अघिल्लो बैठकमा मर्यादापालकहरूले सभामुख बस्ने स्थानअघिको खाली ठाउँको आधा भागमा मात्र प्रतिपक्षीलाई रोकेका थिए । तर, आइतबार उनीहरूले पुरै वेल खुला छाडेका थिए । बैठकमा सभामुख अग्नि सापकोटाले संवादतर्फ अग्रसर हुन सांसदहरूलाई आग्रह गरिरहे । ‘आखिरमा हामीले सहकार्य र समन्वयमा जानैपर्छ । संवादतिर जान सत्तापक्ष र प्रतिपक्षले पहल गर्नुपर्छ । म विनम्रतापूर्वक आग्रह गर्दछु । वातावरण सहज बनाउने भूमिका खेलौं,’ सापकोटाले भने, ‘बैठक सहज ढंगले सञ्चालन गर्ने वातावरण बनाउन विपक्षी दलका सांसदहरूलाई अनुरोध गर्छु । सत्तापक्ष, विपक्ष र संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरू जनताको सर्वोच्च प्रतिनिधि संस्थालाई मर्यादित बनाउन संवादतिर अग्रसर होऔं ।’

आइतबारको बैठकमा पनि नेकपा एमालेका सांसदहरूले नाराबाजी जारी राखेका थिए । उनीहरूले पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, संसदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार मुर्दावादजस्ता नारा लगाएका थिए । सभामुख अग्नि सापकोटाले नियमित अवरोधले अन्य सांसदहरूले आफ्नो कुरा राख्न नपाएको उल्लेख गरे । उनले अदालतमा विचाराधीन विषयमा छलफल संविधानमा निषेध गरेको सम्झाए । तर, एमाले सांसदहरूले नाराबाजी कायम राखे । एमाले सांसदहरूले माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना सभामखुले प्रकाशित नगरेकोमा प्रश्न उठाउँदै आएका छन् । उनीहरूले गैरसांसदलाई प्रवेश निषेध गर भन्दै नारा लगाएका थिए ।

संसदमा विपक्षीको अवरोध कायमै

आइतबारको वेल घेराउमा प्रमुख प्रतिपक्षी दलका नेता अध्यक्ष केपी शर्मा ओली पनि उभिएका थिए । अघिल्ला दिनमा उनी कुर्सीमा बस्ने गरेका थिए । तर, उनी आइतबारको बैठकमा वेलमै उभिए । आइतबारको दोस्रो बैठकमा पनि नेकपा एमालेका सांसदले अवरोध गरेपछि सभामुख सापकोटाले मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् । पहिलो बैठक बसेर १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारु भएलगत्तै बैठकमा एमाले सांसदले नाराबाजी गरेपछि बैठक स्थगित भएको हो । १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै उनीहरूले नाराबाजी गरेका हुन् ।

यसअघि बैठक खुलाउन सभामुख अग्नि सापकोटाको नयाँ बानेश्वरस्थित संसद् भवनको कार्यकक्षमा एमालेका प्रतिनिधिसँग छलफल गरेका थिए । छलफलमा सभामुख सापकोटासँगै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र एमालेका सांसद खगराज अधिकारी सहभागी थिए । त्यस्तै, सरकारका तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बैठकमा सहभागी रहेको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकबाट नै एमालेले अवरोध गर्दै आएको छ

पार्टी सांसदको विरोध शैलीप्रति ओली असन्तुष्ट
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा विरोध गर्ने कार्यक्रम जारी नै रहने बताएका छन् ।

एमाले संसदीय दलको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मर्यादित तरिकाले विरोधका कार्यक्रम जारी राख्न सांसदहरूलाई निर्देशनसमेत दिए । एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सभामुखको आलोचना गर्दै विरोधका कार्यक्रम नरोकिने बताए ।

‘सभामुखको व्यवहार र आचरणका कारण विरोधका कार्यक्रम जारी नै रहन्छ । तर, विरोधका कार्यक्रम मर्यादित तरिकाले हुनुपर्छ,’ अध्यक्ष ओलीले भने, ‘सभामुख सभामुखको कुर्सीमा बस्न लायक छैनन् । उहाँको पदीय गरिमा, मर्यादा र निष्पक्षता कायम गर्न सक्नुभएन भन्ने कुरा जगजाहेर छ ।’

एमाले विभाजन गराउने कुरामा सभामुखको षड्यन्त्रमूलक सहभागिता देखिएको आरोप ओलीले लगाए । सांसदलाई संसद्मा मर्यादित भएर प्रस्तुत हुन भन्दै उनले सीमाभन्दा बाहिरका व्यवहार नगर्न निर्देशन दिए ।

‘कतिपय माननीयज्यूलाई लागेको हुन सक्छ, अवरोध गर्न हुन्छ कि हुँदैन । अवरोध गर्नुपर्छ,’ उनले भने, ‘यस्तो सभामुख जसले प्रमुख प्रतिपक्षी पार्टी फुटाउने षड्यन्त्र गर्छ । त्यसमा प्रत्यक्ष संलग्न हुन्छ र त्यस पदको दुरुपयोग गरिन्छ । त्यसमा गम्भीर प्रश्न नउठ्ने भन्ने कुरा हुन सक्दैन । त्यो गम्भीर प्रश्न उठ्छ ।’

अमर्यादित तरिकाले एमाले सांसदहरू संसद्मा प्रस्तुत भएपछि आलोचना भएको थियो । सोही विषयलाई उल्लेख गर्दै ओलीले भने, ‘हाम्रो लिमिटेसनभन्दा बाहिरका कुरा अर्थात् काँध चलेरमाथि जान खोज्ने कुरा नगरौं । किनभने, त्यो देखाउने कुरा मात्रै हुन्छ । के हामीले साँच्चै मर्यादापालकको घेरा तोड्नै खोजेको हो ? तोड्नै खोजेको भए हामी बेग्लै ढंगले प्रस्तुत हुन्थ्यौं होला नि । मर्यादापालकको घेरा तोड्न खोजेको होइन ।’

उनले तोकिएको नारा मात्रै लगाउन निर्देशन दिँदै भने, ‘म माननीयज्यूहरूलाई आग्रह गर्न चाहन्छु, संसदीय मर्यादाभित्र तोकिएका नारा मात्र लागोस् । त्योभन्दा फाल्तु नारा हामी लगाउँदैनांै ं। हामीले तोकेका व्यवहार छन् । हामी वेलमा जान्छौं र नारा लगाउँछौं । नारा लगाउने तरिका हुन सक्छ । अलि सामान्य अवस्था आयो भने विस्तारै विस्तारै नारा लगाउने । अलि बढी एग्रेसिभ भएर सभामुख आउँदा वा सत्ता पक्ष एग्रेसिभ भएर आउँदा अलि चर्को आवाजमा नारा लगाउने हुन सक्छ । तर, हामीले नारा लगाउने र वेलमा जानेभन्दा बाहिर त्यो मर्यादाभन्दा बाहिर जानुहुँदैन ।’

आफूले कतिपय सांसदहरूले सभामुखलाई माइक हान्ने योजना थियो भनेर सुनेको तर त्यस खालका योजना नभएकाले त्यस्तो कुरा मिडियामा नभन्न उनले आग्रह गरेका थिए । सरकारले सर्वसाधारणले बोल्न पाउने अभिव्यक्ति स्वतन्त्रता खोसेको ओलीले आरोप लगाए ।

Advertisement

सभामुखले बोलाए सर्वदलीय बैठक
सभामुख अग्निप्रसाद सापकोटाले संसद् अवरोध अन्त्य गर्ने विषयमा शीर्ष नेतालाई सोमबार छलफलमा बोलाएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद् अवरोध गरेपछि सभामुख सापकोटाले सोमबार दिउँसो साढे २ बजे संसद्मा भएका प्रमुख दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top