संवैधानिक इजलाससम्बन्धी विवादबारे छलफल गर्न बेञ्च–बार समन्वय समितिको बैठक बस्दै

२८ भदौ, काठमाडौं ।

आफ्नो स्वार्थ बाझिएको मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाइ चल्दा प्रधानन्यायाधीश इजलासमा बस्न मिल्ने कि नमिल्ने भन्ने विषयमा देखिएको विवादको निकासका लागि बेञ्च–बार समन्वय समितिको बैठक बस्दैे छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज (सोमबार) दिउँसो २ बजेका लागि समन्वय समितिको बैठक बोलाएका हुन्।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अध्यादेशानुसार गरिएको नियुक्तिविरुद्ध परेका रिटमाथि हुने पहिलो र अन्तिम सुनुवाइका दिन प्रधानन्यायाधीश राणाले आफू अलग हुने निर्णय लिएका थिए।

तर, सर्वोच्चकै न्यायाधीश हरि फुयाँलको एकल इजलासले प्रधानन्यायाधीश बिना संवैधानिक इजलास गठन नहुने भन्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धका मुद्दाको सुनुवाइ रोक्ने अन्तरिम आदेश जारी गरेपछि संवैधानिक इजलास गठनको विवाद झन् गिजोलिएको हो।

संवैधानिक इजलास गठनको विषय झन् झन् चर्किंदै गएको अवस्थामा निकास निकाल्नका लागि भनेर प्रधानन्यायाधीश राणाले समन्वय समितिको बैठक बोलाएका हुन्।

उक्त समितिमा सर्वोच्च अदाल बार एशोसियशनका अध्यक्ष, नेपाल बार एशोसिएशनका अध्यक्ष, पूर्व अध्यक्षसहित ५ जनाले सहभागिता जनाउने भएका छन्। सर्वोच्च अदालतबाट पनि ५ जनाको सहभागिता हुने भएको छ।

बारका तर्फबाट नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरू तथा वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, शम्भु थापा, वर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले नेतृत्व गर्नेछन्।

त्यस्तै, सर्वोच्चबाट वरिष्ठता क्रममा रहेका ४ न्यायाधीश र मुख्य रजिष्ट्रार लालबहादुर कुँबर सहभागी हुनेछन्। उक्त छलफलमा संवैधानिक इजलास गठनको विवाद, न्यायालयमा भएको विकृति विसंगति सम्बन्धमा छानबिन गरी सुझाव पेस गर्न न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनदेखि विभिन्न विषयमा छलफल हुनेछ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top