चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री

काठमाडौँ, असार ३१

Advertisement

आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत आज चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत स्वदेश र विदेशका साहित्यकारहरु सिर्जनामा जुटेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो एक साहित्यिक सिर्जनासमेत गरी कार्यक्रममा प्रस्तुत गर्ने तयारी गरेका छन् भने सहभागी स्रष्टाहरुले स्थलगत अवलोकनपछि साहित्य सिर्जना गर्नेछन् ।

Advertisement

प्रधानमन्त्री ओलीले कार्यक्रममा सङ्क्षिप्त शुभकामना मन्तव्य व्यक्त गर्दै समृद्ध नेपालका लागि हरेकले कर्मीमौरी झैँ काम गरेर देश बनाउनुपर्नेमा जोड दिए । उनले नेपाल वास्तवमा गरीब नभएको र बलजफ्ती गरीब बनाइएकाले अब समृद्धिको यात्रामा लाग्नुपर्दछ भने ।

चन्द्रागिरिलाई पहिल्यै पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा त्यसो हुन नसके तापनि अब पर्यटकीय गन्तव्य बनेको प्रधानमन्त्रीले बताए ।

Advertisement

प्रधानमन्त्री ओलीले भालेश्वर मन्दिरको दर्शन गर्नुका साथै पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गरेका थिए। रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top