प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्म स्थगित

२९ भदाै, काठमाडौं ।

Advertisement

प्रतिनिधि सभाको अर्को बैठक असोज असोज ४ गते सोमबार बिहान ११ बजे बस्ने भएकाे छ । एमालेले अवरोध बीच मंगलबारको बैठक करिब १३ मिनेट बसेर सकिएको छ।

औपचारिक रुपमा बैठक सुरु हुनासाथ एमालेका सांसद्हरु वेल घेर्न पुगेका थिए। तर, सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई ‘विनियोजन विधेयक २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए।

Advertisement

शर्माले प्रस्ताव प्रस्तुत गरेसँगै त्यसमाथि छलफल सुरु भएको थियो।उक्त प्रस्ताव माथिको छलफलमा नेमकिपाका सांसद् प्रेम सुवाल सहभागी भएका थिए ।

शर्माले जवाफ दिएपछि त्यसमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पारित भएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top