नेपाल राष्ट्र बैंकले बढायो विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा

३० भदौ ७८, बुधबार
Share this
816shares

३० भदौ, काठमाडौं ।

Advertisement

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा बढाएको छ। केन्द्रीय बैंकले मंगलबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल बैंकिङमार्फत हुने कारोबारको सीमा बढाएको हो।

राष्ट्र बैंकले बैंक खाताबाट वालेटमा रकम पठाउँदा प्रतिकारोबार ५० हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँ रकमान्तर गर्न सकिने गरी सीमा तोकेको छ।

Advertisement

यसअघि यस्तो सीमा प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना ५ लाख रुपैयाँमात्र थियो। यस्तै वालेटबाट बैंक खातामा पैसा पठाउँदासमेत सोही सीमा लागु हुने केन्द्रीय बैंकले जनाएको छ।

एक वालेटबाट अर्को वालेटमा रकम पठाउँदाको सीमामा भने केन्द्रीय बैंकले कुनै परिवर्तन गरेको छैन। वालेटमार्फत अर्को वालेटमा पैसा पठाउदा प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना ५ लाख रुपैयाँ सीमा तोकिएको छ।

Advertisement

वालेटमा बढीमा ५० हजारसम्म ओभरनाइट मौज्दात राख्न पाइने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। यसअघि यस्तो सीमा २५ हजार मात्रै थियो।

संस्थागत ग्राहक र एजेन्ट बाहेक प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्रै रकम जम्मा गर्न सकिने व्यवस्थासमेत निर्देशिकामा गरिएको छ।

केन्द्रीय बैंकले क्युआर कोर्डमार्फत हुने भुक्तानीको समासमेत बढाएर मोबाइल बैंकिङको कारोबार प्रतिदिन अधिकतम २ लाख रुपैयाँ पु¥याएको छ भने इन्टरनेट बैंकिङमार्फत हुने भुक्तानीको सीमा प्रतिदिन २० लाख रुपैयाँ पु¥याएको छ। यसअघि मोबाइल बैंकिङमार्फत हुने कारोबारको अधिकतम सीमा १ लाख रुपैयाँ थियो भने इन्टरनेट बैंकिङमार्फत हुने कारोबारको सीमा १० लाखमात्र थियो।

बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले मोवाइल बैंकिङ मार्फत विद्युतीय रकमान्तर गर्दा सेवा प्रदायकहरुले लिन पाउने अधिकतम शुल्क समेत केन्द्रीय बैंकले तोकेको छ। यसमा ५० हजार रुपैयाँसम्म प्रतिकारोबार अधिकतम १० रुपैयाँ, ५० हजारदेखि १ लाख रुपैयाँसम्म प्रतिकारोबार अधिकतम २० रुपैयाँ र १ लाख रुपैयाँभन्दा माथि प्रतिकारोबार अधिकतम ३० रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top