एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, तीन हजार प्रतिनिधि सहभागी हुने

३० भदाै, काठमाडौं।

नेकपा एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ । एमालेले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो ।

आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ ।एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको समेत टुङ्गो लगाएको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब तीन हजार प्रतिनिधिको टुङ्गो लगाएको हो ।

विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिमा केन्द्रीय कमिटी पदाधिकारीदेखि एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख पनि रहेका छन् ।
विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधि

१. केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य ।
२. अनुशासन आयोगका पदाधिकारी र सदस्य ।
३. लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य ।
४. निर्वाचन आयोगका पदाधिकारी र सदस्य ।
५. केन्द्रीय विभागका सचिवसहित १५ सदस्य ।
६. सल्लाहकार परिषदका पदाधिकारी र सदस्य ।
७. जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य ।
८. प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य ।
९. विशेष कमिटीका पदाधिकारी र सदस्य ।
१०. जिल्ला कमिटीका पदाधिकारी र सदस्य ।
११. निर्वाचन क्षेत्रबाट महिला, दलित खुला एक सदस्य ।
१२. जनसंगठनका पदाधिकारीमध्येबाट १० जना ।
१३. पार्टी सदस्य रहेका संघीय संसदका सदस्य ।
१४. पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य ।
१५. एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख ।
१६. एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीत रहने छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top