×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026

पुनर्निर्माणको बाँकी काम अब सरकारी निकायले गर्ने

३० भाद्र २०७८

३० भदाै, काठमाडाैँ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको बाँकी काम सम्बन्धित सरकारी निकायलाई नै हस्तान्तरण गरेको छ । २०७२ सालको गएको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणको काम अन्तिम चरणको पु¥याएको प्राधिकरणले निर्देशक समितिको निर्णय अनुसार बुधबार सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरी पुनर्निर्माणको बाँकि काम सम्बन्धित सरकारी निकायलाई हस्तान्तरण गरेको हो ।

Advertisement
Advertisement

गत भदौं ९ गते बसेको प्राधिकरण निर्देशक समितिको बैठकले भदौं मसान्तभित्र पुनर्निर्माणको बाँकि काम सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार निजी आवास, एकीकृत बस्ती विकास, सहरी भवन पुनर्निर्माणको बाँकी काम सहरी विकास मन्त्रालय, पुरातत्वसँग सम्बन्धित बाँकी काम पुरातत्व विभाग, शैक्षिक क्षेत्रसँग सम्बन्धित काम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघ अन्तरगतको पुल, सडक पुनर्निर्माणको बाँकि काम स्थानीय पूर्वाधार विकास विभागलगायतका सरकारी निकायलाई हस्तान्तरण गरिएको प्राधिकरणकी सहसचिव यमुना प्रधानले जानकारी दिइन् ।

प्राधिकरणले पुनर्निर्माणको बाँकि कामलाई सम्पन्न गर्न आवश्यक बजेट र जनशक्तिको पनि व्यवस्था गरिएको स्पष्ट पारेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको बाँकी काम गर्न कुनै समस्या हुन्छ कि भनेर प्राधिकरणको म्याद भने आगामी पौष ९ गतेसम्मका लागि तय गरिएको जानकारी पनि दिए । उनले त्यतिबेलासम्म हस्तान्तरण गरिएको कामहरु सम्पन्न गर्न आवश्यक सहयोग सम्बन्धित निकायलाई गर्ने आफूहरुको जिम्मेवारी रहेको पनि पटकपटक दोहो¥याए ।

प्राधिकरणले सबै पुनर्निर्माणको काम अन्तिम चरणमा पु¥याएको जनाएको छ । हाल निर्माणाधिन अवस्थामा रहेका पुरातात्विक तथा ऐतिहासिक महत्वको धराहरा, रानी पोखरी, सिंहदरवार, नारायणहिटी संग्राहलय अन्तर्गतको रणोद्धिप दरवारको पुनर्निर्माण, विश्व बैंकसँग सम्बन्धित केही कार्यक्रमहरु पनि बाँकी अवधिमा प्राधिकरण आफैले सम्पन्न गर्नेछ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निर्माणाधिन विशेष खालका आयोजनाहरुको बाँकी काम प्राधिकरण आफैले पौष ९ गते भित्र सम्पन्न गर्ने योजना तय गरिएको पनि स्पष्ट पारे ।

प्राधिकरणले पुनर्निर्माणको बाँकि काम सम्पन्न गर्न सरकारी निकायहरुलाई आवश्यक पर्ने नीतिगत तथा कानुनी समस्या तत्काल समाधान गर्ने निर्णय निर्देशक समितिको बैठकले गरेको छ । प्राधिकरणले नेपालले पुनर्निर्माणको क्षेत्रमा ऐतिहासिक काम गरेको दावी गर्दै त्यो अनुभव अन्तराष्ट्रिय समुदायसँग पनि पु¥याउने योजनाका साथ आगामी मंसीर २१ गतेदेखि २३ गतेसम्म ‘नेपालको पुननिर्माणसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन’ आयोजना गर्ने तयारी पनि गरेको छ । पुनर्निर्माणको क्षेत्रमा नेपालले पाएको सफलता अन्य मुलुकका लागि पनि उपयोगी हुने भएकाले सो अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने निष्कर्षमा पुगिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।

प्राधिकरणले पुनर्निर्माणको काममा साथ दिने सबै राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधि, सञ्चारकर्मी सबैप्रति आभार पनि व्यक्त गरेको छ । यता हस्तान्तरण कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुनर्निर्माणको बाँकी काम आफूहरुले समयमै सम्पन्न गराउने प्रतिवद्धता व्यक्त गर्दै प्राधिकरणले त्यसका लागि आवश्यक सबै खालको सहयोग पु¥याउने विश्वास व्यक्त गरे।

प्राधिकरणले हस्तान्तरण गरेको बाँकी पुनर्निर्माणको काम सम्बन्धित सरकारी निकायले छिट्टै सम्पन्न गर्ने र त्यसका लागि कुनै पनि समस्या भए तत्काल समाधन गर्न सहजीकरण गर्ने पनि स्पष्ट पारेको छ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top