कर्मचारी सञ्चयकोषको लगानी चार खर्ब ३६ अर्ब, के-के छन् सुविधा ?

३० भदौ ७८, बिहीबार

३१ भदौ, काठमाडौं ।

कर्मचारी सञ्चयकोषले कूल लगानी सवा चार खर्च नाघेको छ । कोषले गत आर्थिक वर्ष २०७७÷७८ सम्म कूल लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड पु¥याएको हो । कोषले विभिन्न आयोजना, परियोजना तथा संस्थामा ऋण तथा सेयर लगानी गर्छ ।

कोषले सार्वजनिक गरेको विवरण अनुसार कूल स्रोत ४ खर्ब ४४ अर्ब ४७ करोड पुगेको छ भने जगेडा कोषमा ४० अर्ब १६ करोड बचत छ । सञ्चयकर्ताको सञ्चय कोष मौज्दात रहेको रकम ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ छ । निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड रुपैयाँ छ भने कोषलाई ४ अर्ब ६७ करोड दायित्व छ ।

कर्मचारीलाई सञ्चय कोषले सञ्चित रकममा ६.५० प्रतिशत ब्याज उपलब्ध गराउने गरेको छ । कोषले आर्थि वर्ष २०७६÷७७ को खुद मुनाफाबाट सुरु मौज्दातको आधारमा एक प्रतिशत मुनाफा प्रदान गर्ने घोषणा पनि गरेको छ ।

सञ्चयकर्तालाई सञ्चय कोषमा रहेको रकमको ८० प्रतिशतसम्म विशेष सापटी लिन पाउँछन् । जसको ब्याजदर ७.६० प्रतिशत छ । घर निर्माण गर्न वा घर खरिदमा अधिकतम एक करोडसम्म ७.९० प्रतिशत ब्याज छ । घर मर्मतमा पनि ७.९० प्रतिशत ब्याजरदमा ऋण लगानी हुन्छ । ७.९० प्रतिशत ब्याजदरमा शैक्षिक ऋण लिन पाइन्छ भने ८ प्रतिशतमा सरलचक्र कर्जाको सुविधा छ ।

कोषले दुर्घटना क्षतिपूर्ति योजना, काजक्रिया अनुदान खर्च, सुत्केरी तथा शिशु हेरचाह योजना र संचयकर्ता औषधोपचार तथा घातक रोग बीमा योजना गरी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गरिरहेको छ । कर्मचारी सञ्चयकोष बिहीबारबाट ६०औँ वर्षमा प्रवेश गरेको छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top