कतारमा कोरोनाविरुद्धको तेस्रो डोज खोप लगाउन शुरु

३१ भदौ, दोहा ।

नेपाली श्रमिकको प्रमुख श्रम गन्तब्य रहेको कतारमा कोरोना भाइरसविरुद्धको तेस्रो डोज खोप लगाउन शुरु गरिएको छ ।

आठ महिना भन्दा पहिले भ्याक्सिनको दोस्रो डोज पाएका सबै व्यक्तिहरुको लागि तेस्रो डोज खोप लगाउन थालेको कतारको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ विरुद्धको तेस्रो डोज खोप लगाउने कतार युनिभर्सिटीका पूर्व निर्देशक डाक्टर अब्दुल्लाह अल कुबैसी रहेको र उनले मदिना खलिफा स्वास्थ्य केन्द्रमा पुगेर बुधबार खोप लगाएको मन्त्रालयले जनाएको छ ।

बुस्टर खोप डोज नाम दिइएको तेस्रो डोज खोप फाइजर, बायोएनटेक र मोर्डनाबाट निर्माण भएको हो । उक्त तेस्रो डोज खोप गम्भीर संक्रमणको जोखिम रहेका व्यक्तिहरुमा केन्द्रित हुने जनाइएको छ । अहिलेसम्म कतारमा ४६ लाख २४ हजार १७९ जनालाई खोप वितरण गरिसकिएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । कतारले आफ्ना नागरिकसहित अन्य आप्रवासी श्रमिकहरुलाई पनि निशुल्क रुपमा खोप लगाउँदै आएको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top