पाँच किलो चाँदीसहित दुई जना पक्राउ

पाँच किलो चाँदीसहित दुई जना पक्राउ

३१ भदौ, लहान ।

ठूलो परिमाणको चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ।

सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको अवस्थामा करिब पाँच किलो चाँदीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतो रहेको प्रहरीले जनाएको छ।

बुधबार साँझ चेकजाँचका क्रममा भारतीय सीमा क्षेत्र ठाडीबाट चाँदीसहित दुवै जनालाई गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभास बुढाथोकीले बताए।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.