रुपन्देही : बुटवलमा बस दुर्घटना हुँदा ८ जना घाइते

रुपन्देही : बुटवलमा बस दुर्घटना हुँदा ८ जना घाइते

३१ भदौ, रुपन्देही ।

बुटवलमा आज बिहान बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलबाट भैरहवाका लागि छुटेको लु २ ख ७८९ नम्बरको बस कालीकाचोक नजिक अनियन्त्रित भएर दुर्घटना भएको हो ।

घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल र चौराहा अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले सिमसिम पानी परिरहेका बेला दुर्घटना भएको हुनसक्ने बताए पनि प्रत्यक्षदर्शीले भने तीव्र गतिका कारण दुर्घटना भएको बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.