वैदेशिक रोजगारी : फ्री भिसा फ्री टिकटको सरकारी नियम , सरदर एक लाख भन्दा बढी तिर्छन् श्रमिक

३१ भदौ, काठमाडौं ।

वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकले चर्को शुल्क तिर्ने गरेको पाइएको छ ।

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आईटीयूसी) ले वैदेशिक रोजगारीमा गएका १५ सय ३९ जना श्रमिक माथि गरेको एक अध्ययनमा सरदर एक लाख भन्दा बढी रकम तिरेर वैदेशिक रोजगारीमा गएको देखिएको छ । जम्मा दुई प्रतिशतले श्रमिकले मात्र आफूले भर्ना प्रक्रियामा कुनै शुल्क तथा खर्चहरू तिर्नु नपरेको बताएका छन् ।

सरकारले वैदेशिक रोजगारीका जाने श्रमिकका लागि फ्री भिसा फ्री टिकटको नियम लागू गरेको छ । मलेसिया, यूएई लगायतका देशसँग त पछिल्लो समय शून्य लागतमा श्रमिक पठाउने गरी समझदारी समेत गरेको छ । तर श्रमिकले भने अहिले पनि वैदेशिक रोजगारीमा जान सरदर एक लाखभन्दा बढी रकम तिर्न परेको छ ।

यस्तै, सरकारले ठगी नियन्त्रणका लागि भन्दै एजेण्टको व्यवस्था गरे पनि वैदेशिक रोजगारमा जानेहरूलाई रोजगारीको प्रक्रियासँग जोड्ने कार्यमा एजेण्टहरुको महत्त्वपूर्ण भूमिका भएको अध्ययनले देखाएको छ ।

आईटीयूसीले गरेको विश्लेषणमा १ हजार ५ सय ३९ मध्ये झण्डै ४० प्रतिशत व्यक्तिले विदेशको रोजगारीका बारेमा एजेण्ट मार्फत थाहा पाएको बताएका छन् भने ३२ प्रतिशतले मात्र रोजगारीको बारेमा म्यानपावर कम्पनी मार्फत जानकारी पाएको बताएको देखिएको छ । झण्डै ८० प्रतिशत श्रमिकले प्रस्थान पूर्वको अभिमुखीकरण तालिम आफूले प्राप्त गरेको बताएका छन् ।

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आईटीयूसी) श्रमिकको अधिकार रक्षाका लागि क्रियाशील अन्तर्राष्ट्रिय महासङ्घ हो । यस महासङ्घमा विश्वका १६३ मुलुकका ३३२ ट्रेड युनियनहरू आबद्ध छन् । जसले २० करोड भन्दा बढी सदस्य श्रमिकहरूको प्रतिनिधित्व गर्दछन् ।

वैदेशिक रोजगार न्यायोचित हुनु पर्दछ र यसका कुनै पनि चरणहरूमा श्रमिकहरू अन्याय तथा ठगीमा पर्नुहुन्न भन्ने मान्यता राख्ने आईटीयूसीले जनाएको छ ।

यही मान्यता अनुसार अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को न्यायोचित भर्ना सम्बन्धी सामान्य सिद्धान्त तथा कार्यविधिलाई प्रोत्साहित गर्ने उद्देश्यले आईटीयूसीले नेपाल लगायत विभिन्न देशहरूका ट्रेड युनियन महासंघहरुसँगको सहकार्यमा सन् २०१७ देखि

रिक्रुर्टमेन्टएडभाइजर वेब पोर्टल सञ्चालन गरिरहेको छ । जसमार्फत वैदेशिक रोजगारीको सेवा लिएका श्रमिकले वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीहरूको समीक्षा गर्न सक्छन् । जसमा मुख्य १६ वटा प्रश्नहरू राखिएको र त्यही प्रश्नमा आएका समीक्षाको विश्लेषण गरिएको अनुसन्धानकर्ता डा. जीवन बानियाँले बताए ।

उनका अनुसार यसरी रिक्रुटमेन्ट एडभाइजरमार्फत समीक्षा गर्ने १५ सय ३९ श्रमिक मध्ये झण्डै ७० प्रतिशतले आफूले पुनः त्यही म्यानपावर कम्पनीमार्फत विदेश नजाने बताएका छन् भने २६ दशमलव ४ प्रतिशतले मात्रै आफू पुनः पहिलेकै रोजगारदाताकोमा रोजगारीका लागि जान इच्छुक रहेको धारणा राखेका छन् ।

एक तिहाई श्रमिकले करारमा उल्लेख गए अनुसारको काम गन्तव्य देशमा नपाएको तथा झण्डै ५३ प्रतिशत उत्तरदाताले आफूलाई नेपालमा हुँदा भनिए अनुसारको तलब सुविधा प्राप्त नगरेको बताएका छन् ।

यस्तै अध्ययनमा सहभागी ९६ प्रतिशतले रोजगारीको दौरान आफ्नो राहदानी (पासपोर्ट) आफूलाई राख्न नदिइएको बताएका छन् । विदेशमा आफूहरूले स्वतन्त्रतापूर्वक कुनै गन्तव्य देश छोड्न पाउने अधिकारको सम्मान नभएको र ८३ प्रतिशत भन्दा बढीले आफू स्वदेश फर्किन स्वतन्त्र नरहेको बताएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top