इन्डोनेसियाबाट १५ दिनभित्र युरिया मल नेपाल आइपुग्ने

३० भदौ ७८, बिहीबार

काठमाडौं : किसानले धान लगायत अन्यबालीमा रासायनिक मल प्रयोग गर्न नपाएको गुनासो बडेसँगै कृषि सामाग्री कम्पनीले १५ दिन भित्र मल नेपालमा भित्र्याउने तयारी थालेको छ । इन्डोनेसियाबाट मल खरिद प्रकृया अघि बढेकाले असोज १५ गतेसम्ममा युरियामल नेपाल आई पुग्ने कृषि सामाग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

चीनबाट खरिद गरिएकाले डिएपी मल लोड भई सकेको जनाउदै आउने असोज २० सम्ममा मल नेपाल आइपुग्ने उहाँले जानकारी दिनुभयो । किसानले धान लगायतका अन्य मुख्यबालीमा रासायनीक मल प्रयोग गर्ने समय अन्तिम भए पनि मल प्रयोग गर्न नपाएको राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले गुनासो गर्नुभयो । पर्याप्त मल खरिद गर्न नपाउदाँ धान उत्पादनमा समेत असर पर्ने भन्दै किसानले यस अघि बाली हुर्किने समयमै तत्काल मल उपलब्ध गराउन पटक पटक माग गरेको उहाँको भनाई छ । यता कृषि सामाग्री कम्पनीले भने आफूहरुसँग हाल २४ सय टन युरिया, ३६० टन डिएपी र ११ सय टन पोटास मल मौज्दात रहेको र आफुहरुसँग किसानले माग नगरेको पोखरेलले बताउनुभयो ।

आर्थिक वर्ष २०७६/०७७ मा कम्पनीले एक लाख ८२ हजार पाँच सय युरिया, एक लाख १४ हजार पाँच सय डिएपी र सात हजार पाँच सय मेट्रिकटन पोटास गरी जम्मा तीन लाख चार हजार पाँच सय मेट्रिकटन मल खरिद गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा बढी रहेको उहाँले जानकारी दिनुभयो । कम्पनीले आर्थिक वर्ष २०७५÷०७६ मा युरिया एक लाख ४० हजार मेट्रिकटन , डिएपी ७० हजार, पोटास पाँच हजार गरी जम्मा दुई लाख १५ हजार मेट्रिकटन मात्र मल खरिद गरेको थियो । चालु वर्षमा भने मलको माग बढेसँगै थप मल खरिद गरिएको कम्पनीले जनाएको छ । हामी किसानलाई मलको समस्या हुन दिन्नौ, प्रवक्ता पोखरेलले भन्नुभयो ।

मल अभाव हुन नदिन भन्दै सरकारले कृषि सामाग्री कम्पनी लिमिटेड, साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडलाई रासायनिक मल आपूर्ति र व्यवस्थापनको जिम्मा दिएको छ । हाल ७० प्रतिशत कृषि सामाग्री र ३० प्रतिशत साल्ट ट्रेडिङले आपूर्ति गर्दै आएको कम्पनीले जनाएका छन् । धानवालीका लागि मल वितरण गरी सकेको र गहुँबालीका लागि युरिया र डिएपी मलको व्यवस्थापन गर्न इन्डोनेसियाबाट युरिया र चीनबाट डिएपी मल खरिद प्रकृया शुरु गरी सकेको कम्पनीले जनाएको छ ।

कम्पनीले सातै प्रदेशबाट माग अनुसारको मल वितरण गर्न रासायनिक मल ढुवानीका लागि भदौ १६ गते सूचना जारी गरेको थियो । कम्पनीले विराटनगर, सोनापुर, विरगंज, भैरहवा क्षेत्रका लागि गरी जम्मा ४३ हजार नौ सय मेट्रिकटन मल ढुवानी असोज १५ गतेभित्र व्यवस्थान समेत टुङगो लगाउने जनाएको छ । सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेटबाट तीन वर्ष भित्र रासायनिक मलको कारखाना खोल्ने जनाएको छ । –गोरखापत्र

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top