विश्वकै प्रभावशाली ब्यक्तिको सूचीमा तालिबानी नेता

३१ भदौ ७८, शुक्रबार

३१ भदाै, एजेन्सी ।
हरेक वर्ष जस्तै यस वर्षपनि अमेरिकी प्रतिष्ठित पत्रिका टाइम म्यागजिनले सन् २०२१ का सबैभन्दा बढी प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक गरेको छ । यस वर्षको सूचीमा नेतृत्व विधामा अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि तालिबानका सहसंस्थापक अब्दुल गनी बरादरसम्म रहेका छन् । टाइमले हरेक वर्ष विभिन्न ६ विधामा विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्ने गरेको छ ।

Advertisement

यस वर्षको सूचीमा तालिबानका सहसंस्थापक र अहिलेको अन्तरिम सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल गनी बरादरलाई टाइमले ‘शान्त, रहस्यमयी, सार्वजनिक अभिव्यक्ति र अन्तर्वार्ता कम दिने’ व्यक्तिका रुपमा चित्रित गरेको छ । बारदार अन्तरिम सरकारको उपप्रधानमन्त्री छन् । बारदारले अमेरिकासँग भएको तालिबानको शान्ति सम्झौतामा महत्वपूर्ण भूमिका खेलेका थिए। पछिल्लो समय तालिबानले काबुल कब्जा गर्दा रक्तपातविहीन भएको र असरफ घानी सरकारका अधिकारीहरूलाई आममाफी दिने निर्णयमा बारदारको भूमिका रहेको टाइमले जनाएको छ। त्यस्तै सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी पनि रहेकी छिन् । बनर्जी नेतृत्वको तृणमूल कंग्रेसले गत मार्चमा भएको विधानसभा चुनावमा बहुमत ल्याएको थियो । २९४ सिट रहेको पश्चिम बंगाल विधानसभामा तृणमूलले २१३ सिट जितेको थियो । बेनर्जीलाई टाईमले ‘भारतीय राजनीतिमा उग्रताको अनुहार’ का रूपमा चित्रित गरिएको छ ।

त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बारेमा टाइमले मोदीले मुलुकलाई ‘धर्मनिरपेक्षताबाट हिन्दु राष्ट्रवादतर्फ धकेलेको’ उल्लेख गरेको छ । जवाहरलाल नेहरु र इन्दिरा गान्धीपछि भारतीय राजनीतिमा दबदबा कायम गर्ने नेता मोदी भएको टाइमको प्रोफाइलमा लेखिएको छ । त्यस्तै सिरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत आदर पुनावाला पनि यस वर्षको प्रभावशाली व्यक्तिको सूचीमा रहेका छन् ।्र

Advertisement

त्यस्तै यस वर्षको सूचीमा विश्व व्यापार संगठन(डब्लूटीओ) की महानिर्देशक एनगोजी ओकोन्जो इवेला पनि परेकी छिन् । त्यस्तै यस वर्षको सूचीमा राजकुमार ह्यारी दम्पतीका साथै टेनिस स्टार नाओमी ओसाका, गायिका ब्रिटनी स्पियर्स, बिल्ली एलिस, अभिनेत्री केट विन्सलेट, स्कार्लेट जोहान्सन, निर्देशक क्लोए चाओसमेत परेका छन् । त्यस्तै ताइवानी मूलका अमेरिकी अर्बपति जेन्सेन हुवाङ, प्रविधि व्यवसायी एलन मस्क पनि यस वर्षको प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । त्यस्तै अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेट, इरानी राष्ट्रपति इब्राहिम रइसी र रूसका विपक्षी दलका नेता एलेक्सेई नाभाल्नी पनि प्रभावशाली व्यक्तिको सूचीमा रहेका छन् । यसमा त्यस्ता व्यक्तिहरूलाई सामेल गर्ने गरिन्छ जसले खबरलाई सबैभन्दा बढी प्रभावित गरेको होस् फेरि त्यो सकारात्मक होस् वा नाकारात्मक त्यसको सरोकार राखिदैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top