सुरक्षा निकायमा युवाको आकर्षण

३१ भदौ ७८, शुक्रबार

राज्यका प्रमुख सुरक्षा निकायहरूमा जागिर खान इच्छुक किशोरकिशोरीको आकर्षण बढेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रिक्त दरबन्दीका लागि विभिन्न समयमा आह्वान गरेको खुला तथा समावेशी प्रतिस्पर्धाबाट जागिरका लागि आवेदन गर्नेहरूको सङ्ख्या बढ्नुले यसको सङ्केत गर्दछ ।

नेपाल प्रहरीले केही महिनाअघि पाँच हजार २२७ जना प्रहरी जवानको माग गरेको थियो । सो पदका लागि करिब ९५ हजार आवेदन परेको छ । यसअनुसार एउटा पदका लागि १८ जनाबीच प्रतिस्पर्धा भएको देखिन्छ ।

त्यस्तै नेपाली सेनाले पनि यही १८ गतेबाट चार हजार सैन्य (सिपाही)को माग गरेको छ । सैन्यमा भर्ना हुन दरखास्त आवेदन दिन आउनेहरूको सैनिक मुख्यालयलगायत विभिन्न बाहिनी र गणहरूमा किशोरकिशोरीको भीड देखिन्छ । सेनाले खुला तथा समावेशी प्रतिस्पर्धाबाट जनशक्ति आपूर्ति गर्न सैन्य (सिपाही)देखि प्राविधिक परिचारिक (नर्सिङ) हेल्थ असिस्टेन्ट, मेकानिकल्स र पुजारीलगायत चार हजार ४६१ पदका लागि दरखास्त आह्वान गरेको छ ।

सुरक्षा निकायहरूको तल्लो तहको दर्जा सैन्य, सिपाही तथा जवानका लागि शैक्षिक योग्यता साधारण शिक्षा (८ कक्षा उत्तीर्ण) र १८ देखि २२ वर्ष उमेर तोकिएकाले सो दर्जामा आवेदन दिनेहरूको सङ्ख्या उल्लेख्य हुने गरेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर बताउछन् ।

यस पटक सेनाले भदौ १८ र ३० गते दुई पटक गरी चार हजार ४६१ जना जनशक्तिको माग गरेको छ । एउटा सैन्य पदका लागि १५ देखि २० जनासम्मको आवेदन पर्ने अनुमान गरिएको छ । राज्यका अन्य सुरक्षा निकायभन्दा सेनाप्रति किशोरकिशोरीको आकर्षण बढेको देखिन्छ ।,यो समाचार गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top