१ असोज , काठमाडौं ।
माधवकुमार नेपाल नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आज (शुक्रबार) आफ्नो केन्द्रीय कार्यालयको उद्घाटन गर्दैछ ।
अहिले बिहान १० बजे नयाँ बानेश्वरको आलोकनगर (तीनकुने पुल दक्षिण) मा पूजा थापा बस्नेको घरमा नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय उद्घाटन गर्न लागिएको हो । ‘यो कुरा सबैमा जानकारी गराउँछु,’ अध्यक्ष नेपालले भनेका छन्, ‘साथै सबैबाट सकारात्मक सहयोगको अपेक्षा समेत गर्दछु ।’