सत्ता गठबन्धनमा रहेको जनमोर्चाको आरोप : सरकारबाट जनताको अपेक्षा पूरा हुन्छन् भन्ने विश्वास घट्दै गयो

३१ भदौ ७८, शुक्रबार

१ असोज, काठमाडौं ।

सत्ता गठबन्धनभित्र रहेको राष्ट्रिय जनमोर्चाले वर्तमान सरकारबाट देश र जनताका सबै समस्या समाधान हुनेछन् भन्ने विश्वास घट्दै गएको आरोप लगाएको छ।

गठवन्धनलाई सर्मथन गरेको तर सरकारमा सहभागी नभएको जनमोर्चाले एक विज्ञप्ति जारी गर्दै सरकारमाथि यस्तो आरोप लगाएको हो।

‘प्रतिगमनविरुद्ध हामीले वर्तमान सरकारलाई समर्थन गरेका हौँ। यद्यपि हाम्रो समर्थन निःशर्त नभएर सशर्त नै हो ’ अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकार गठन भएको यतिका समय बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन। महङ्गी, भ्रष्टाचार दिनानुदिन बढेको छ। त्यसलाई नियन्त्रण गर्ने सवालमा सरकारले कुनै ध्यान दिएको छैन, जसको परिणाम सरकारप्रति जनताको अविश्वास बढ्दै गएको छ।’

जनमोर्चाले महाकाली नदीमा तुइन काटेर भारतीय पक्षबाट जयसिंह धामीको हत्या गरिनु, दार्चुलास्थित नेपाली आकाशमा नेपालको स्वीकृति बिना हेलिकप्टर उडाउने जस्ता भारतका हस्तक्षेपकारी कदमविरुद्ध वर्तमान सरकारबाट कुनै तत्परता नदेखाउने कार्य गलत भएको जनाएको छ।

कालापानीबाट भारतीय सेना फिर्ता गराउने तथा कालापानी क्षेत्रस्थित गाउँहरुमा राष्ट्रिय जनगणना गराउने सवालमा सरकार‍ भारतका अगाडि झुकेको आरोप जनमोर्चाले लगाएको छ।

‘जनजीविकाको समस्या हल गर्ने सवालमा सरकारले कुनै प्रभावकारी कदम चाल्न सकेको छैन। महङ्गी र कालो बजारी अत्यन्त बढेर गएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘एकातिर कोरोना महामारीका कारण जनताको दैनिक आम्दानी घटेको छ भने अर्कोतर्फ दिनानुदिन महङ्गी बढेको छ। त्यसले सर्वसाधारण जनतालाई निकै ठूलो मार परेको छ।’

देशमा भ्रष्टाचार निकै बढेको र देशका कैयौँ स्थानीय तहहरु भ्रष्टाचारका अखडा बनेको आरोप उसले लगाएको छ।

भ्रष्टाचारलाई नियन्त्रण गर्नका लागि सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको र सरकार निर्माण भएको दुई महिनासम्म पनि मन्त्रीमण्डल विस्तार गर्न नसकेको भन्दै उसले आलोचना गरेको छ। जनमोर्चाले एमसीसी पारित गर्ने कार्य गर्न नहुनेमा पनि जोड दिएको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top