काठमाडौँको नयाँ बसपार्कमा अन्तराष्ट्रिय स्तरको लोत्से मल खुल्यो

१ असोज, काठमाडौँ ।
काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा आएको छ । लोत्से बहुउद्देश्यीय प्रालिको एक अर्ब २५ करोड रुपैयाँमा निर्माण गरिएको लोत्से मलको शुक्रवार प्रालिका अध्यक्ष इञ्जिनीयर दिपक कुँवर, सञ्चालक हर्कबहादुर तामाङ र लक्ष्मी बैँकका सहायक प्रमुख कार्यकारी अधिकृत सुविद भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।

गोङ्गबुस्थित विष्णुमती किनारमा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कभित्र १३ रोपनी क्षेत्रफलमा लोत्से मल निर्माण गरिएको हो । ८ तलाको ल्होत्से हलमा १०० साना गाडी र २०० मोटरसाइकल अट्ने अण्डरग्राउण्ड पार्किङ रहेको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । मलभित्र २०२ पसल कवल, सुविधासम्पन्न दुईवटा रेष्टुरेन्ट, दुईवटा पार्टी प्यालेस, दुईवटा सिनेमा हल, न्यू वाल अन्तर्राष्ट्रिय होलसेल बजार रहेको छ । त्यस्तै वैंक, वित्तिय संस्था, सहकारी, सैलुन लगायतका पसलहरु पनि सञ्चालनमा रहेका छन् । उक्त मलभित्र ६ वटा लिफ्ट र १४ वटा एलिभेटर लिफ्ट समेत रहेका छन् ।

नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको बसपार्कको रुपमा विकास गर्न लोत्सेले प्रविधिलाई जोड दिएको तथा ३२ टिकट काउण्टरलाई प्रविधिसँग जोडेको अध्यक्ष कुँवरले बताए । बसका चालक, सहचालक र यात्रुहरुलाई लक्षित गरेर सहुलियतदरमा सफा र स्वस्थ खाना, खाजा र बस्नको व्यवस्थाका लागि होटल तथा लजको समेत व्यवस्था गरिएको छ । बसपार्कभित्र अपांगमैत्री शौचालय, पेट्रोल पम्प, ग्यारेज र प्रहरी कार्यालय समेत सञ्चालनमा ल्याइएको छ । लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दिपक कुँवरले आफुहरुले चुनौतीका बिच अर्बौ खर्च गरेर मल निर्माण गरिएको भन्दै राज्यले पनि व्यवसायीहरुलाई व्यवसायका लागि सहज वातावरण बनाइदिनुपर्ने बताए । उनले राज्यले व्यवसायीको व्याजको सहजीकरण गरिदिनुपर्नेमा उनले जोड दिएका छन् ।

मलभित्र २०२ पसल कवल, सुविधासम्पन्न दुईवटा रेष्टुरेन्ट, दुईवटा पार्टी प्यालेस, दुईवटा सिनेमा हल, न्यू वाल अन्तर्राष्ट्रिय होलसेल बजार रहेको छ । त्यस्तै वैंक, वित्तिय संस्था, सहकारी, सैलुन लगायतका पसलहरु पनि सञ्चालनमा रहेका छन् । उक्त मलभित्र ६ वटा लिफ्ट र १४ वटा एलिभेटर लिफ्ट समेत रहेका छन् । नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको बसपार्कको रुपमा विकास गर्न लोत्सेले प्रविधिलाई जोड दिएको तथा ३२ टिकट काउण्टरलाई प्रविधिसँग जोडेको अध्यक्ष कुँवरले बताए । बसका चालक, सहचालक र यात्रुहरुलाई लक्षित गरेर सहुलियतदरमा सफा र स्वस्थ खाना, खाजा र बस्नको व्यवस्थाका लागि होटल तथा लजको समेत व्यवस्था गरिएको छ । बसपार्कभित्र अपांगमैत्री शौचालय, पेट्रोल पम्प, ग्यारेज र प्रहरी कार्यालय समेत सञ्चालनमा ल्याइएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top