घूस अस्वीकार गर्ने २४ ट्राफिक प्रहरीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले गर्याे सम्मान

घूस अस्वीकार गर्ने २४ ट्राफिक प्रहरीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले गर्याे सम्मान

१ असाेज, काठमाडौँ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले घूस अस्वीकार गर्ने ट्राफिक प्रहरीलाई  सम्मान गरेको छ । नियमानुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकको प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने प्रहरी निरीक्षकसहित २४ जना ट्राफिक प्रहरीलाई शुक्रबार सम्मान गरेको हो ।

संगठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरश: पालना गर्दै ट्राफिक नियम उल्लंघन गर्ने चालकको प्रलोभनमा नपरी काम गर्ने ट्राफिक प्रहरीलाई सम्मान गर्दै त्यस्ता चालकहरुलाई कानुन अनुसार मद्दा चलाइएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

महाशाखाका अनुसार चालु आर्थिक वर्ष ०७८/७९ को दुई महिनामा घूस प्रलोभनमा पार्न खोज्ने ७७ सवारी चालकलाई पक्राउ गरी घूस बापतको २२ हजार ८ सय ५० बरामद गरिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.