×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

आइसिसी विश्वकप लिग–२: अमेरिकाविरुद्ध नेपाल १७४ रनमै अलआउट

१ आश्विन २०७८

१ भदौ, काठमाडौं ।

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले अमेरिकालाई १ सय ७५ रनको लक्ष्य दिएको छ । । ओमानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८ ओभरमा १ सय ७४ रनमा अल आउट भयो ।

Advertisement
Advertisement

नेपालका लागि ज्ञानेन्द्र मल्लले १ सय ५ बलमा ३ चौका सहित सर्वाधिक ५५ रनको योगदान दिए । ज्ञानेन्द्र बाहेक अन्य नेपाली ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन । नेपालले खराब ब्याटिङ गर्दै अन्तिम ३४ रन जोड्दा ६ विकेट गुमाएको थियो ।

ज्ञानेन्द्रले ९१ बलमा ओडिआई करिअरको तेस्रो अर्धशतक प्रहार गरेका थिए । ज्ञानेन्द्र नेपालबाट ओडिआईमा तेस्रो अर्धशतक प्रहार गर्ने रोहित कुमार पौडेलपछि दोस्रो खेलाडी हुन् । ज्ञानेन्द्र नेपालबाट ओडिआईमा सर्वाधिक धेरै रन बनाउने खेलाडी पनि बनेका छन् । ज्ञानेन्द्रले १५ खेलमा ३ अर्धशतक सहित कुल १ हजार ३ सय ६६ रन बनाएका छन् । ज्ञानेन्द्र अघि पूर्व कप्तान पारस खड्काले १० खेलमा १ हजार ३ सय १५ रन बनाएका थिए ।

डेब्यू खेल खेलेका तीव्र गतिका बलर काइल फिलिपको बलमा आसिफ ठूलो सट खेल्ने धुनमा टप एज लागेर करिमा गोरबाट तीन रनमा क्याच आउट हुन पुगेका थिए । दोस्रो विकेटका लागि कुशल र ज्ञानेन्द्रले ५१ रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्किने आशा देखाएका थिए ।
स्पिनर करिमाले १२ औं ओभरको तेस्रो बलमा कुशललाई ३६ रनमा बोल्ड आउट गरेका थिए ।

त्यसपछि नेपालले लगातार विकेट गुमाउन पुग्यो । कुशलले ४३ बलमा ५ चौका र १ छक्का प्रहार गरे । एल्मोर हचिन्सनको १५ औं ओभरको तेस्रो बलमा रोहित कुमार पौडेल दुई रनमा क्याच आउट भएपछि नेपाल ६३–३ को अवस्थामा पुगेको छ । कभरमा करिमाले एक हातले उत्कृष्ट क्याच लिएपछि रोहित पेभिलिएन फर्किनु परेको छ ।

२४ औं ओभरको तेस्रो बलमा विकेटकिपर विनोद भण्डारी १० रनमा आउट हुन पुगे । नेपालले सबैलाई आश्चार्य पार्दै डेब्यू खेल खेलेका तीव्र गतिका बलर गुलशन झालाई छैटौं नम्बरमा पठाएको थियो । गुलशनले ज्ञानेन्द्रसँग पाँचौ विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए ।

३९ औं ओभरमा नेपालले दुई विकेट गुमाएको थियो । कप्तान सौरभ नेत्रवालकरको दोस्रो बलमा गुलशन २८ रनमा करिमा गोर क्याच आउट भए । ५३ बल खेलेका गुलशनले २ चौका र १ छक्का प्रहार गरे । गुलशनले ३३ औं ओभरको दोस्रो बलमा ब्यक्तिगत १४ रनमा जीवनदान पाएका थिए । स्पिनर नास्टुश केन्जिगेको बलमा फस्ट स्लिपमा रहेका स्टिभ टेलरले क्याच ड्रप गरेका थिए ।

चार बलपछि कुशल मल्ल करिमाबाटै शून्यमा पेभिलिएन फर्के । खराब लयबाट कुशल पाँचौं खेलमा पनि आफ्नो लय समाउन सकेनन् । कुशल सुरुवाती तीन खेलमा लगातार एक एक खेलमा आउट भएका थिए । ओमानसँगको खेलमा चार रनमा आउट भएका थिए । सौरभकै बलमा सोमपाल कामी दुई रनमा एल्मोर हचिन्सनबाट क्याच आउट हुँदा नेपाल १४४–७ को कमजोर अवस्थामा पुगेको थियो । करण केसी १२ र सन्दीप लामिछाने ११ रनमा आउट भए ।

अमेरिका कप्तान सौरभ नेत्रवालकरले ९ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । काइल फिलिपले ९ ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ३ विकेट लिए । करिमा गोर, एल्मोर हुचिन्सन, नास्टुश केनिजेगेले एक एक विकेट लिए ।

Advertisement

नेपालले पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top