२ असाेज, काठमाडौं।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई सहयोग गर्न कर्मचारीलाई आग्रह गरेका छन् ।
नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई काठमाडौंमा शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले कर्मचारी राज्यको स्थायी सरकार भएको बताउँदै जुनसुकै दलको सरकार आए पनि सहयोग गर्न आग्रह गरेका हुन् ।‘देश र जनताको सेवा गर्ने हो। कुन सरकार छ भन्ने होइन। आफ्नो कर्तव्य सक्रियताका साथ निर्वाह गर्नुस्। सरकारलाई असहयोग गर्ने भन्ने होइन,’ उनले भने, ‘त्यसो हुँदा देश र जनतालाई असर पर्छ। कांग्रेस र माओवादी जस्तो गर्नु हुँदैन। पार्टीको सदस्य भनेर तपाईंहरुले काम गर्ने होइन।’
विगतमा फरक दलको सरकार आउँदा कर्मचारीलाई असहयोग गर्न उर्दी गर्ने गरेको स्मरण गर्दै उनले आफू पनि भ्रष्टाचार नगर्न र अरुलाई पनि भ्रष्टाचार गर्न नदिन अपिल गरे।
जनताको कामलाई समय सकियो भनेर रोक्नेभन्दा समय दिएर गर्नेतर्फ ध्यान दिनसमेत उनले आग्रह गरे ।