२ असाेज, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ताधारी गठबन्धनलाई ‘फ्रिजबाट निकालिएको आइसको डल्ला’को संज्ञा दिएका छन् । शनिबार नेपाल निजामति कार्मचारी संगठनको कार्यक्रममा सत्ता गठबन्धनप्रति कटाक्ष गर्दै उनले चुनावपछि आइसका डल्ला बिलाएर जाने बताए ।
उनले भने ‘यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्, आफैं बनेका होइनन् । डल्ला बाहिर राख्नेबित्तिकै बिलाएर जान्छन् ।’ ओलीले १४ महिनापछि हुने चुनावबाट आफ्नो नेतृत्वमा सरकार बन्ने दावी गर्दै ती सबै बिलाएर जाने बताए।
उनले भने, ‘तपाईंहरुलाई केही दुःख दिन सक्छन् । धेरै चिन्ता गर्नु पर्दैन, १४ महिनापछि चुनाव हुन्छ, त्यसको अर्को एक महिनापछि हाम्रो सरकार बन्छ । यिनीहरु बिलाएर जान्छन्।’
ओलीले यो सरकार अस्वभाविक विधिबाट बनेको बताए ।