२ असोज, काठमाडौं ।
संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनालाई माफी र ५२३ जनाको कैद भट्टा गरेकी छन् ।
पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेतका ८ जना व्यक्तिलाई विभिन्न अदालतले सुनाएको कैद सजाय संविधान दिवसको अवसर पारेर माफी भएको राष्ट्रपति कार्यालयले जनाएकाे छ ।
त्यस्तै हर्कबहादुर राईसमेत ५२३ जना कैदीले भुक्तान हुन बाँकी कैद कट्टा गरिएको हो । मन्त्रिपरिषद्को भदौ २९ गतेको बैठकले संविधानको अवसर पारेर ५२३ जनालाई बाँकी कैद सजाय मिनाह गर्ने र आठ जनालाई माफी दिने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
२०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ । यही अवसर पारेर कैदी बन्दीको कैद कट्टा र माफी दिन सक्ने कानुनी व्यवस्था छ । वर्तमान संविधान जारी भएको दिन असोज ३ गते (भोलि) संविधान दिवस मनाइँदै छ।