रेडपाण्डाको छालासहित चार जना पक्राउ

२ असोज, सुर्खेत।

Advertisement

सुर्खेत प्रहरीले रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । शुक्रबार वीरेन्द्रनगरको मानसरोवर होटलमा छाला लुकाएर राखेको विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रास्कोट नगरपालिका–८ कालिकोटका २८ वर्षीय मनबहादुर बुढा, ठाँटीकाँध गाउँपालिका–६ दैलेखका ३३ को विष्णु रावत, नारायण नगरपालिका–१० दैलेखका २१ वर्षीय पुर्ण बहादुर बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

Advertisement

बयानका क्रममा उनीहरूले आफूहरू छाला पुर्‍याउनमात्र आएको बताएको प्रहरी निरीक्षक शाहीले बताए । यसका लागि उनीहरूले ५० हजार रूपैयाँ लिने सहमति गरेको बयानका क्रममा खुलेको छ । यसबारे थप अनुसन्धान भइरहेको शाहीले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top