×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

संविधान दिवसमा अवसरमा ९०३ जनालाई विभिन्न विभूषण, ‘नेपाल रत्न’ कृष्णप्रसाद भट्टराईलाई

३ आश्विन २०७८

३ असोज, काठमाडौं ।

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलंकार र पदक प्रदान गर्ने भएकी छन्। नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गर्न लागेकी हुन्।

Advertisement
Advertisement

नेपालको सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल रत्न’ मरणोपरान्त पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिने भएको छ। भट्टराई नेपाली राजनीतिमा सन्त नेताका रूपमा चिनिन्छन्।

त्यसैगरी, राष्ट्र गौरव सम्मान मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुर्वणशमशेर राणा र राष्ट्र गौरव मान–पदवी पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गर्ने घोषणा भएको छ।

यसैगरी, महाउज्ज्वल राष्ट्रदीप सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राजनीतिज्ञ स्व. तुल्सीलाल अमात्य, स्व. मंगलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. दुर्गानन्द झा र स्वर सम्राट नारायण गोपाललाई प्रदान गरिने भएको छ।

त्यसैगरी, सुप्रसिद्ध प्रबल जनसेवा राजनीतिज्ञ प्रदीप नेपाल, स्व. पोस्टबहादुर बोगटी, स्व. मार्शलजुलुम शाक्य र पीएल सिंहलाई प्रदान गरिने भएको छ।
उज्ज्वल कृतिमय राष्ट्रदीप मान–पदवी सर्वाेच्च अदातलतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ।

यसैगरी, प्रसिद्ध प्रबल जनसेवाश्री ३९ जनालाई प्रदान गरिने भएको छ। जसमा न्यायाधीशत्रय अनिलकुमार सिन्हा, सपना मल्ल, तेजबहादुर केसी, महालेखा परीक्षक टङ्कमणि शर्मा, महान्यायाधिवक्ता खम्मबहादुर खाती, धर्मगुरु आत्मानन्दन लिङ्देन, राजनीतिज्ञ स्व. चक्रप्रसाद बाँस्तोला छन्। त्यसैगरी, स्व. द्वारिकादेवी ठकुरानी, स्व. सिद्धराज ओझा, स्व. भीमदत्त पन्त, स्व. योगेन्द्रमान शेरचन, स्व. दिवानसिंह राई, तेजबहादुर अमात्य, अरविन्दकुमार ठाकुर, स्व. भूविक्रम नेम्वाङ, स्व. ज्ञबहादुर थापा, स्व. थीरबम मल्ल, स्व. सरोज कोइराला, स्व. टेकबहादुर चोख्याल, स्व. शिवराज पन्त, स्व. एनडी प्रकाश चटौत, स्व. दुर्गादत्त जोशी, मुख्यसचिव शंकरदास वैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रदान गरिने भएको छ।

त्यसैगरी, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यसैगरी, राष्ट्र यशोवद्र्धक अलंकार चारजनालाई, नेपाल सेवा प्रवीण दुई जनालाई, समाजसेवा रत्न २१ जनालाई, नेपाल प्रताप सुभूषण ३४ जनालाई, अतिपौरख भास्कर सात जनालाई, नेपाल प्रताप आभूषण २४ जनालाई, महापौरख भास्कर तीन जनालाई र नेपालप्रताप भूषण १६ जनालाई प्रदान गरिने कार्यालयले जनाएको छ।

Advertisement

राष्ट्रपतिले राष्ट्रसेवा पदक प्रथम श्रेणी तीन जनालाई, सुकीर्ति पदक १० जनालाई, सगरमाथा पदक सात जनालाई, वीरता पदक सात जनालाई, विकासरत्न पदक एक जनालाई र प्राकृतिक प्रकोप पीडितोद्धार पदक नौ जनालाई प्रदान गर्नेछिन्।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top