×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरमा आजदेखि नयाँ ट्राफिक ब्यवस्था, चालकका लागि ड्रेस, बजार क्षेत्रमा बस रोक्न निषेध

१ श्रावण २०७५

विराटनगर,साउन १
विराटनगर महानगरपालिकाले मंगलबारदेखि लागू हुने गरी नयाँ ट्राफिक ब्यवस्था लागू गरेको छ । मेनरोडमा यसअघि मोटरसाइकलमा लाग्दै आएको वान वे अब हटेको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख शिव पोखरेलले यसअघि बुधहाटचोकदेखि जलजलाचोकसम्म मोटरसाइकलमा लाग्दै आएको एकतर्फी सवारी सञ्चालन नियम हटाइएको बताए ।

प्रहरी निरीक्षक पोखरेलले दुईचक्के सवारीसाधनका लागि वान वे हटाइए पनि अन्य सवारीसाधनको हकमा भने पहिलाकै नियम कायम रहने बताए । मोटरसाइकलमा वान वे हटाइएसँगै सडकको दुवैतर्फ पार्किङ निषेध गरिएको छ । ट्राफिकचोकदेखि जलजलाचोकसम्म सडक छेउमा कुनै पनि सवारीसाधन पार्किङ गर्न नपाइने नियम लगाइएको छ ।

Advertisement
Advertisement

पार्किङका लागि मध्य बजारमा रहेको ए र बी प्लटका साथै नमस्कार होटल अगाडि रहेको खाली जग्गा छुट्टयाइएको उनले जानकारी दिए । यस्तै सार्वजनिक सवारी साधनका चालक , सहचालक र कन्डक्टरले अनिवार्य ड्रेस र परिचय पत्र भिर्नु पर्ने छ । सार्वजनिक सवारी साधनका चालकले जुत्ता अनिवार्य लगाउनु पर्नेछ ।

सिट क्षमता भन्दा बढी यात्रु बोक्न, तिव्र गतिमा सवारी साधन गुडाउन निषेध गरिएको छ । मुख्य बजार ट्राफिक चोकदेखि जलजला चोकसम्म पार्किङ निषेध गरिएको छ । पार्किङका लागि बजार क्षेत्रमा बुधहाट चोकको ए र बि प्लटमा साथै नमस्कार होटल पश्चिम खाली रहेको जमिनमा पार्किङ स्थल तोकिएको ब्यवस्था मिलाईएको छ । बुधहाट चोक देखि जलजला चोक हुँदै आएको एक तर्फी वान वे नियम दुई पाङ्ग्रे सवारी साधनका लागि हटेको छ ।

Advertisement

सार्बजनिक सवारी साधनले भाडादर देखिने स्थानमा टाँस्नु पर्नेछ । यात्रुबाहक बसलाई बातावरण मैत्री बनाउन अपांङता भएका , अशक्त , वृद्ध र महिलाहरूका लागी छुट्टाछुट्टै सिट व्यवस्थापन गरेर राख्नु पर्ने व्यवस्था गरेको छ । जथाभाबी विद्यार्थीलाई स्कुल कलेजको बसमा चाढाउन वा ओराल्न पाउने छैन, निश्चित ठाउँमा भेला भएर मात्र विद्यार्थी चढ्न पाउने छन ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top