न्यायमा सबैको पहुँच आवश्यक : न्यायाधीश कार्की

३ असोज, काठमाडौं ।

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायमा सबैको पहुँच आवश्यक भएको बताएका छन्।

कास्की जिल्ला अदालत बार एशोसिएशनको नवनिर्मित भवनको आज पोखरामा उद्घाटन गर्दै उहाँले कसैलाई पनि न्यायबाट वञ्चित हुन नदिने गरी काम गर्नु आवश्यक रहेको बताए।

न्यायाधीश कार्कीले निरङ्कुशतामा कानुनी शासन हुन नसक्ने र निरङ्कुशताविरुद्धको आन्दोलनमा कानुन व्यवसायी पनि लागेको स्मरण गर्दै संविधानतः प्राप्त अधिकारलाई कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

न्याय सम्पादनमा स्वतन्त्रता, निष्पक्षताजस्ता विषय अपरिहार्य भएको बताउँदै उनले स्वार्थमा नलागी न्याय दिनेतर्फ कानुन व्यवसायी अग्रसर हुनुपर्नेमा जोड दिए।

बार एशोसिएशनको आफ्नै भवन निर्माण हुनुले न्याय सम्पादनका कामलाई प्रभावकारी बनाउने बताउँदै उनले बार एशोसिएशन र अदालतको सम्बन्ध राम्रो बनाउँदै न्याय सम्पादनलाई स्वतन्त्र र निष्पक्ष बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए।

कास्की जिल्ला बार एशोसिएशनका कोषाध्यक्ष युवराज पराजुलीले रु ८६ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको जानकारी दिँदै यसले न्याय सम्पदानका गतिविधिलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदी, प्रमुख जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई, नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायतले न्याय सेवालाई स्वतन्त्र, निष्पक्ष बनाउनुका साथै न्यायमा सबैको पहुँच हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top