ट्रेकिङ गाइडलाई पाँच लाख रुपियाँसम्म सहुलियत ऋण

२ असोज ७८, आइतबार

३ असोज, असोज ।

कोरोना भाइरस (कोभिड–१९) महामारीले पर्यटन क्षेत्रमा नराम्ररी असर पारेपछि वेरोजगार बनेका पदयात्री पथप्रदर्शक (ट्रेकिङ गाइड) लाई सरकारले पाँच लाख रुपियाँसम्म सहुलियत ऋण दिने भएको छ ।

नेपाल पर्यटन बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) विक्री बापतको रकमलाई बैंकमा धरौटी राखेर बैंकबाट एक जना गाइडका लागि कम्तिमा पाँच लाख रुपियाँसम्म ऋण उपलब्ध गराउने भएको हो ।

कोरोना महामारी हुनुभन्दा तीन वर्षअघि पदयात्री पथप्रदर्शकको लाइसेन्स लिएको र पथप्रदर्शकले सञ्चालन गर्ने व्यवसायको परियोजना प्रस्ताव पेश गरेपछि आफू काम गर्ने ट्रेकिङ कम्पनिको सिफारिस पेश गरेपछि एक गाइडका लागि बैंकले रकम उपलब्ध गराउने तयारी गरेको नेपाल पर्यटन बोर्डका सदस्य पम्फा धमलाले जानकारी दिए ।

पर्यटन विभागको तथ्याङकअनुसार १८ हजारभन्दा बढी लाइसेन्स प्राप्त गाइड रहेका छन् । तर यीमध्ये प्रत्यक्ष रुपमा पदयात्रामै संलग्न रहेकाहरुलाई सहुलियत होस् भन्ने लक्ष्यले उक्त रकम दिने तयारी गरेको धमलाले जानकारी दिए ।

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपालले समेत गाइडका लागि रुजु गराउनु पर्ने प्रावधान तोकेको छ । टिम्स कार्ड विक्री वापत बोर्डले लिने रकम मध्ये १० प्रतिशत रकम गाइडको हितमा खर्च गर्ने उल्लेख छ । बोर्डले शुक्रबार नै सूचना जारी गरी गाइडहरुलाई प्रस्तावहरु माग गरिसकेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top