×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कांग्रेस महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन फेरि सर्ने

४ आश्विन २०७८

काठमाडौं: नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद मिलाउन बाँकी रहँदा १३ जिल्लामा वडा तहको अधिवेशनको कार्यतालिका फेरि परिवर्तन हुने भएको छ ।

कांग्रेसले पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको थियो । पछिल्लोपटक परिमार्जन गरिएको तालिकाअनुसार बाँकी २० जिल्लामा ५ असोजका लागि अधिवेशन तोकिएको थियो । सो मितिमा काठमाडौंसहित ७ जिल्लामा मात्रै अधिवेशन हुने भएको हो । बाँकी जिल्लामा भने त्यसपछि मात्रै वडा अधिवेशन गर्ने कांग्रेसको तयारी छ ।

Advertisement
Advertisement

‘५ भदौमा ७ जिल्लामा वडा अधिवेशन हुन्छ, १३ जिल्लामा त्यसपछि हुन्छ, बाँकी हुने जिल्लामा निर्वाचन समितिले नै वडा अधिवेशनको मिति तय गर्छ,’ कांग्रेसका एक पदाधिकारीले राजधानीसँग भने ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले १३ जिल्लामा ५ भदौपछि मात्रै वडा अधिवेशन हुने बताए । ‘निर्वाचन समितिले १३ जिल्लाको सदस्यता पाएको छैन, आज वा भोलि आउँदा पनि ती जिल्लामा अब ५ भदौपछि मात्रै अधिवेशन गर्न सकिन्छ, सदस्यता पाएपछि सार्वजनिक गर्छौं र निर्वाचन अधिकृत तोक्छौं,’ निर्वाचन समितिका संयोजक यादवले भने ।

कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंग्याउन नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रमेश लेखक र डा। मिनेन्द्र रिजाल सदस्य रहेको कार्यदल बनाइएको थियो । सो कार्यदलले आइतबार सबै जिल्लाको सदस्यता विवाद समाधान गरेर कागजात पार्टी सभापति शेरबहादुर देउवासहित महामन्त्री डा। शशांक कोइराला र पूर्णबहादुर खड्कालाई बुझाइसकेको छ ।

कार्यदलका सदस्य रिजालले कार्यदलले गर्ने काम सकेर सभापति र महामन्त्रीद्वयलाई बुझाएको र अब कार्यदलले सकेको कामलाई कार्यान्वयनाममा लैजान मात्रै बाँकी रहेको बताए ।

‘कार्यदलले गर्ने काम सकेर हामीले सभापति र महामन्त्रीद्वयलाई कागजात बुझायौं अब कार्यदलले सकेको कामलाई कार्यान्वयनमा लैजान मात्रै बाँकी छ,’ कार्यदलका सदस्य रहेका नेता रिजालले भने ।

अब बाँकी जिल्लाको क्रियाशील सदस्यताको नामावलीलाई सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेर केन्द्रीय निर्वाचन समितिलाई दिएपछि समितिले पार्टीको वेबसाइटमार्फत् नामावली सार्वजनिक गर्ने छ ।

Advertisement

कांग्रेसले अझै पनि १३ जिल्लाअन्तर्गत प्रदेश २ का आठ जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छैन ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top