×

NEPAL TIMES UPDATES

Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026
Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026

इटहरीका मेयरले ‘यो आइमाईलाई कसले भित्र छिरायो’ भनेपछि ……

४ आश्विन २०७८

४ असोज, सुनसरी ।

गत ३० भदौ बुधबार दिउँसो इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीको कार्यकक्षमा बैठक बसिरहेको थियो । त्यही समयमा इटहरी–४ का दुई महिला बैठक कक्ष बाहिर पुगे । सिता शेर्पा राई र शर्मिला भट्टराई नाम गरेका उनीहरू मेयर चौधरीलाई भेटेर आफ्नो कागजपत्रमा हस्ताक्षर गराउन बैठक भएकाले निकै बेर बाहिर कुरे ।

Advertisement
Advertisement

शर्मिला भट्टराई चटपटे, पानीपुरी व्यवसाय गर्न नगरले दिने गरिबी अनुदान लिन गएकी थिइन्। करिब १० देखि १५ हजार सम्मको सामग्री दिने भएपछि कागजपत्र सहित उनी त्यहाँ पुगिन् ।

वडा कार्यालयले आवश्यक सिफारिस दिएपछि दुवै जना उपमहानगरमा अनुदान प्रक्रिया अघि बढाउन गएका थिए । नियमानुसार वडाले दिएको सिफारिसको मेयर चौधरीले तोक लगाउनु पर्थ्यो । त्यही तोक लगाउन उनीहरू मेयरको कार्यकक्ष पुगे ।

भित्र बैठक चल्दै गरेको जानकारी कार्यालय सहयोगीले दिएपछि उनीहरू बाहिरै पर्खिएर बसे । झन्डै एक घण्टा पर्खिए तर पालो आएन । ढिलो भएपछि सिताले त्यही बाहिर रुङ्ने कार्यालय सहयोगीलाई सहयोग मागिन् ।

‘सबै कागज पुरा छ, वडाले पनि तोक लगाएको छ, मेयर साबले तोक लगाइदिए पुग्छ, यति तपाईँले नै मेयर साबलाई तोक लगाएर ल्याइदिनु न ।’

यति भनेपछि बाहिर बस्ने कार्यालय सहयोगीले मेयर सम्म उनको कागजात पु¥याए । मेयरले निवेदनमा तोक लगाए । तर, फेरि वडा कार्यालयमै वडामै जानू पर्ने भएपछि शेर्पा अचम्ममा परिन् ।

वडाबाट सबै काम सकिएकोले उनी मेयर सम्म आएकी थिइन् । त्यसपछि उनले फेरि मेयरसँग भेट्न कार्यालय सहयोगीलाई समय मागिन् । ’मेयर साबले कुरा बुझ्नु भएन कि के हो ? म एकचोटी भित्र पसेर भन्छु है भन्दै उनी भित्र छिरिन् ।

मेयरको कार्यकक्षमा छिरेर शेर्पाले मेयर साब लगायत सम्पूर्णमा नमस्कार भन्न नपाउँदै मेयर चौधरीले यस्तो आइमाईलाई कसले भित्र पस्न दियो ? बाहिर बाहिर भन्दै रिसले मुरमुरीए।

मेयर चौधरीको यस्तो बोलीले शेर्पा छाँगाबाट खसेको जस्तै भइन् । शेर्पाले भनिन्, ‘मेयरले यस्तो भनेपछि मैले सडकमा रातदिन हड्डी घोटेर गरिखाने दिदीबहिनीलाई सम्झे । म मेयरको छिमेकी हो, लामो समयदेखि संर्घष गर्दै आएकी म मेयरकै भनाई अनुसार म कस्तो आइमाई हो ?’ त्यसपछि चुनावमा ‘एक भोटले त हारजित हुन्छ, मेरो घरको पाँच भोट खेर गएछ’ भन्दै बाहिर निस्किइन् ।

बाहिर निस्किनासाथ मेयर चौधरीका स्वकीय सचिव सूर्य चौधरीले हातमा सुनको बाला, घाँटीका सुनको सिक्री लाउने मान्छे सहयोग माग्न किन आको भन्दै झपारे । तीजको छेको पारेर सुन जस्तो देखिने ३ सयको ग्यारेन्टीवाला गहना लगाएकोलाई स्वकीय चौधरीले सुन किन लगाएको भन्दै झपारे । त्यसपछि उनी त्यहाँबाट मलिन हुँदै निस्किइन् ।

‘म सडक पेटीमा चिया बेच्दै आएको मान्छे। धेरै वर्ष भयो तीजमा केही लगाउन पाएको थिइन् । अस्तिको तीजमा ३ सयको ग्यारेन्टीवाला सिक्री लगाएको थिँए’ उनी भन्छिन्, ‘सुन जस्तो देखिनेबित्तिकै सबै सुन हुन्छ र मैले सुन नै लगाए पनि म त साथी बनेर गएको हो ।’

नगर प्रमुख चौधरीको बोलीबाट दुखी बनेका शेर्पा र भट्टराई कानुनी उपचार खोज्ने बताउँछन् । आफूले नगरको अभिभावक मानेको व्यक्तिबाटै अमानवीय, व्यवहार भएको भन्दै कानुनी उपचारको तयारीमा लागेको शेर्पाले बताइन् ।

उनीहरूलाई अहिले विभिन्न १३ सङ्गठन महिला अधिकारकर्मीहरूले सहयोग गर्ने बताएका छन् । मेयरविरूद्ध ध्यानाकर्षण सहित धर्ना कार्यक्रम गर्ने अधिकारकर्मीहरूले चेतावनी दिएका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै महिला अधिकारकर्मीहरूले कडा सङ्घर्ष गर्ने बताएका छन् ।

‘नेपालको संविधानले सुनिश्चित गरेको संवैधानिक हक र अधिकार कार्यान्वयन गर्नु राज्यको दायित्व हो । तर यसरी स्थानीय तहको नेतृत्व लिई रहेको प्रमुख जिम्मेवार व्यक्तिबाट नै महिलालाई लक्षित गरी प्रहार गरिएको अपशब्दले देशको ५२ प्रतिशत भन्दा बढी जनसङ्ख्या ओगटेको महिलाहरूलाई प्रत्यक्ष रूपमा अपमानित गरेको छ,’ उनीहरूले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

पटक–पटक महिलाप्रति नगरप्रमुखले गरेको अपमान सहेर नबस्ने समेत उनीहरूले बताएका छन् । मेयर चौधरीलाई सम्बन्धित निकायले कडा भन्दा कडा कारबाही गर्न पनि उनीहरूले माग गरेका छन् ।

चौधरीले महिलासँग सार्वजनिक स्थानमा माफी माग्नु पर्ने उनीहरूको माग छ । मेयरकै विरूद्धमा महिलाहरूले आज १० बजे इटहरी उपमहानगरपालिका गेटमा धर्ना दिने बताएका छन् ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top