धान खरिदमा भ्रष्टाचार: खाद्य संस्थान लहानका कार्यालय प्रमुखसहित चार जनाविरुद्ध मुद्दा दायर

५ असाेज, काठमाडौँ ।

Advertisement

धान खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खाद्य संस्थान लहान कार्यालय प्रमुखसहित चार विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

संस्थानको शाखा कार्यालय लहानमा विसं २०७५ मा नियम विपरीत ७० हजार क्विन्टल धान खरिदमा कमिशन लिई भ्रष्टाचार गरेको, गुणस्तरहीन धान खरिद गरी चामल सडेको भन्ने उजुरीका आधारमा आयोगले छानबिन गरेको थियो ।

Advertisement

संस्थाका कर्मचारी र मिल सञ्चालकको मिलेमतोमा खरिद निर्देशिका विपरीत रु ९७ लाख दुई हजार ७८४ बराबरको हानी नोक्सानी गरेको आयोगले जनाएको छ ।

कार्यालय प्रमुख गङ्गाप्रसाद साह र लेखा प्रमुख सुनिताकुमारी यादव विरुद्ध बिगो अनुसारकै कारबाही र कैद सजायको माग गरिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top