बुटवलका मेयरलाई मुक्का हान्ने गणेश पङ्गेनी पक्राउ

४ असोज ७८, मंगलबार

५ असोज, रुपन्देही ।

बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीलाई मुक्का हानेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुटवल–३ ज्योतिनगरका स्थानीय बासिन्दा समेत रहेका अनेरास्ववियुका जिल्ला सदस्य गणेश पङ्गेनी रहेका छन् ।

ज्योतिनगरमा पहिरो गएपछि प्राविधिक टोली लिएर अनुगमनका लागि गएका बेला आइतवार मेयर सुवेदीलाई पङ्गेनीले मुक्का प्रहार गरेका प्रहरीले बताएको छ ।

पहिरो पीडितलाई सहयोग गर्नु र साथ दिनुको साटो अनुगमन मात्रै गरिरहेकाले मुक्का प्रहार गरेको पङ्गेनीले बताएका छन् । मेयर सुवेदी एमाले रुपन्देहीका अध्यक्ष पनि हुन् ।

पक्राउ परेको पङ्गेनीलाई शान्ति सुरक्षा तथा दुर्व्यवहार सम्बन्धी मुद्दा चलाएर कारबाही गरिने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।

गएको भदौ १३ गते ज्योतिनगरमा पहिरो खस्दा दुई दर्जन घरमा क्षति पुर्याएको थियो । आइतवार पनि त्यही ठाउँका सात घर पुरिएका छन् ।

२०५५ सालमा यो ठाउँमा पहिलो पटक पहिरो गएको थियो । त्यतिबेला ५७ घर पुरिएका थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top