एडीबीको थप सात अर्ब ऋण

५ असोज, काठमाडौं ।

प्रसारण लाइन र वितरण प्रणालीको स्तरोन्नतिका लागि एसियाली विकास बैङ्क (एडीबी)ले नेपाललाई थप सात अर्ब २० करोड रुपियाँभन्दा बढी ऋण उपलब्ध गराउने भएको छ ।

एडीबीकै ऋण सहायतामा कार्यान्वयन भइरहेको विद्युत् ग्रिड आधुनिकीकरण परियोजनाका लागि उक्त ऋण उपलब्ध गराइने बैङ्कले जनाएको छ । सोमबार बैङ्कले जारी गरेको विज्ञप्तिमा उक्त ऋण स्वीकृत भएको उल्लेख छ ।

सन् २०२० नोभेम्बरमा स्वीकृत भएको उक्त आधुनिकीकरण परियोजनाअन्तर्गत ३४ वटा ग्रिड सबस्टेसनलाई स्वचालित बनाउने, काठमाडौँ उपत्यकामा स्मार्ट मिटर जडान गर्ने, १४४ किलोमिटर ट्रान्समिसन लाइनको स्तरोन्नति र थप ११३ किलोमिटर लाइन निर्माण र विद्युत् वितरण प्रणाली नियन्त्रण केन्द्र स्थापना हुनेछ ।

एडीबीले उपलब्ध गराउने थप ऋण सहायताले नेपालमा विद्युत् आपूर्ति प्रणालीलाई भरपर्दो, प्रभावकारी र दिगो बनाउने बैङ्कको दक्षिण एसियाका लागि प्रमुख ऊर्जाविज्ञ जीवन आचार्यले बताए ।
“यसले ट्रान्समिसन क्षमता र वितरण प्रणालीलाई विस्तार तथा आधुनिकीकरण गर्न थप लगानी प्रदान गर्नेछ,” उनले भने । सन् २०२६ सम्म प्रतिव्यक्ति विद्युत् खपत सात सय किलोवाटसम्म पु–याउने लक्ष्य पूरा गर्न पनि यो सहायता सहयोगी हुने उनले बताए ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top