भरुवा बन्दुक सहित ५ जना पक्राउ

४ असोज ७८, मंगलबार

५ असोज, काठमाडौं ।

Advertisement

दुधौली नगरपालिका–२ जलकिनी र तिनचम्के भन्ने स्थानबाट ४ थान भरुवा बन्दुकसहित सोही ठाउँ जलकिनी बस्ने ५० वर्षीय नुर बहादुर बस्नेतलगायत ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी हत्पतेबाट गस्तीमा खटिएको प्रहरीले गोप्य सूचनाको आधारमा बस्नेतको घर र गोठ तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।

Advertisement

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top